ट्याक्सी र मोटरसाइकल ठोक्किँदा पोखरामा एकजनाको मृत्यु

0
54

पोखराको जिरोकिलोमिटरमा विहीबार अपरान्ह ४ः३० बजेतिर भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ।

ग १ ज ४०९७ नम्बरको ट्याक्सीसँग ग १० प २५५५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दार्चुला घरभई हाल पोखरा–६,खहरे बस्ने ३५ वर्षीय पदमसिंह दडालको मृत्यु भएको हो।

उनलाई उपचारको क्रममा डाक्टरले मृत घोषित गरेका थिए।

प्रहरीले ट्याक्सी चालक पोखरा–८, न्यूरोड बस्ने २४ वर्षीय आशिष भुजेललाई नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

रवि लामिछानेको नागरिकतामाथि प्रहरीले गर्‍यो छानबिन सुरु

Previous articleमाघ १५ देखि माइभ्याली गोल्डकप
Next articleकुवेतमा चार नेपालीको ज्यान गयो, के हो कारण ?