ट्याक्सी र मोटरसाइकल ठोक्किँदा पोखरामा एकजनाको मृत्यु

Click Image

पोखराको जिरोकिलोमिटरमा विहीबार अपरान्ह ४ः३० बजेतिर भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ।

ग १ ज ४०९७ नम्बरको ट्याक्सीसँग ग १० प २५५५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दार्चुला घरभई हाल पोखरा–६,खहरे बस्ने ३५ वर्षीय पदमसिंह दडालको मृत्यु भएको हो।

उनलाई उपचारको क्रममा डाक्टरले मृत घोषित गरेका थिए।

प्रहरीले ट्याक्सी चालक पोखरा–८, न्यूरोड बस्ने २४ वर्षीय आशिष भुजेललाई नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

एनआईसी एशिया बैंकद्वारा औषधी उपचार वापत बीमा रकम पाए पश्चात दंग पूर्णिमा

Previous articleनिर्माणस्थलमा पुरिएर कुवेतमा ४ नेपालीको मृत्यु
Next articleकोरोनाको संक्रमण भएको आशंका गरिएका उत्तर कोरियाली नागरिकको हत्या
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।