ओली–प्रचण्ड तनावबीच जनार्दन शर्माले मुख खोले, यस्तो गरे खुलासा

0
31

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुख पदलाई लिएर तनाव चलिरहेका बेला नेता जनार्दन शर्माले मुख खोलेका छन् ।

ओली–प्रचण्ड छलफलबीच सभामुखका सम्भावित नामबारे चर्चा भएपछि उनले मुख खोलेका हुन् ।

सामाजिक सञ्जाल फेसबूकमा स्टेटस लेख्दै नेता शर्माले आफू सभामुखको दौडमा नरहेको खुलासा गरे ।

‘सभामुखको विषयले संसद चल्न नसकिरहेको अवस्थामा छिटो टुंग्याउनका लागि नेताहरूबीच सहजीकरणको भूमिकामा लागेको साँचो हो तर म आफैं सभामुख हुनका लागि होइन र दाबी पनि छैन,’ उनले लेखेका छन् ।

ओली–प्रचण्ड दुवैले सभामुखमा आफूनिकट नेताहरू ल्याउन संघर्ष गरिरहँदा प्रतिनिधिसभा अनिर्णयको बन्दी बनेको छ । पुस ४ गतेदेखि बोलाइएको प्रतिनिधिसभा बैठक निरन्तर स्थगित हुँदै आएको छ ।

मुख्यमन्त्री राई भन्छन् ‘म रचना रिमाललाई वान साइड लभ गर्छु’

Previous articleमनमोहन स्मृति कपको उपाधिका लागि पुलिस र आर्मी भिड्ने
Next articleएमसीसी विवादमा अमेरिकी दूतावासले निकाल्यो यी १० तथ्य !