सुन्दरहरैंचा / फागुन २ गते देखी विराटनगरकाे शंकरपुर मार्गमा हुन लागेको कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी व्यापार मेला विराट एक्स्पाेको आवश्यक तयारी पूरा भएको छ । उद्योग संगठन मोरङकाे आयाेजनामा फागुन १० गते सम्म ९ दिनका लागि व्यापार मेलाको आयोजना हुने भएको हाे ।
औद्योगिक उत्पादन र प्रविधी प्रवर्धन, कृषि क्षेत्रमा गुणस्तरीय र व्यावसायीक उत्पादनलाई जोड दिन विराट एक्स्पो २०७६ कृषि तथा औद्यौगिक अन्तराष्ट्रिय प्रदर्शनी गर्न लागिएको हाे । मेलामा जुम्लाको स्याउ, मार्सि चामल, पोखराको पाउ, उदयपुरको खरायो र बरमझियाको पेडा पनि राखिने आयोजकले जनाएको छ । त्यसैगरी तेह्रथुमको ढाका, ईलामको ललिपप, चिया, संखुवासभाको अल्लो हस्तकला, कृषि यन्त्रका सामाग्री प्रदर्शनीमा राखिने भएको छ ।
हेलिकप्टरबाट विराटनगर र पाथीभराको अवलोकन तथा हातिबाट सवारी समेत गराईने विराट एक्स्पाेका संयाेजक भाेलेश्वर दुलालले जानकारी दिए । उनले प्रदर्शनीमा करिव ३ सय ४० वटा स्टल रहने साथै ४० वटा विदेशी कम्पनी, कुषि, घरेलु तथा हस्तकलाका ६० वटा, औद्योगिक उत्पादनहरुका १६० वटा , अटो मोवाइल्स ३८, खाद्यन्नका १२ स्टल रहने उल्लेख्य गर्दै अन्य स्टलहरू फुटवेयर र विविध औद्योगिक सामग्री र खाद्यान्नका लागि पनि छुट्याइएको बताए ।
एक्स्पोमा सूचना प्रविधिमा भएका नयाँ खोज तथा ज्ञानका लागि छुट्टै स्टल समेत राखिने भएको छ । शिक्षा, विज्ञान र स्वास्थ्यका बारेमा जानकारी गराउने स्टल पनि हुने आयोजकले जनाएको छ । एक्स्पोमा स्वदेशका उत्पादन र कृषिजन्य उत्पादनलाई विशेष प्राथमिकता दिइने भएको छ । विराट एक्स्पाेमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने भएको छ । प्रदर्शनीमा मोरङ सुनसरी, सिरहा , सप्तरी, सुनसरी, उदयपुर , झापा र छिमेकी मुलुक भारतको विहार, चिन , भुटान लगायतका गरि ३ लाख दर्शकले अवलोकन गर्ने भएकोले मेला अबधिमा करिव एक अर्बको कारोवार हुने अपेक्षा गरिएको अायाेजक उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकार दिए ।
The post ‘विराट एक्स्पो २०७६’ को तयारी पूरा appeared first on Purbeli News.
साढे दुई करोड खर्चेर चितवन नारायणी किनारमा एक महिने महायज्ञ हुदै