ललितपुर महानगरद्वारा ११ क्लबलाई सहयोग, थ्री स्टारले पायो १६ लाख

Click Image

ललितपुर महानगरपालिकाले आफ्नो नगरभित्रका ५ ‘ए’ डिभिजन क्लबसहित ११ क्लबलाई आथिक सहयोग गरेको छ। 

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले आइतबार एक कार्यक्रमकाबीच क्लबहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्। ए डिभिजनका थ्री स्टार क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाईज क्लबलाई आर्थिक सहयोग गरेको हो।

महानगरले थ्री स्टारलाई १६ लाख प्रदान गरेको छ। ललितपुरले थ्री स्टारलाई वार्षिक उपलब्ध गराउने सहयोग ४ लाख र ३ प्रतियोगिताको उपाधि जितेवापत थप १२ उपलब्ध गराएको हो।

यस्तै च्यासललाई वार्षिक ४ र दुई उपाधि जितेवापत कुल १२ लाख, जावलाखेललाई एक उपाधिसहित ८ लाख रुपैयाँ उपलब्ध गराएको छ। फ्रेन्ड्स र ब्रिगेडलाई भने समान ४ लाख रुपैयाँ दिएको छ।

महानगरले ‘बी’ डिभिजन क्लब सातदोबाटो युथ क्लब, पुल्चोक युथ क्लब, खुमलटार युथ क्लब र झम्सिखेल युथ क्लबलाई समान ३ लाख रुपैयाँ दिएको छ। यस्तै ‘सी’ डिभिजनका सानेपा र खालीबारी युथ क्लबलाई २–२ लाख उपलब्ध गराएको छ।

खाद्यान्न आयातमा बाहिरियो सवा खर्ब

Previous articleगणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता चैत १८ देखि
Next articleबुधबार बिहानै नेपाल प्रवेश गर्दै पश्चिमी वायु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।