राष्ट्रपति भण्डारी सहभागी हुने महायज्ञको तयारी पुरा

0
66

रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिकास्थित पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा फागुन ४ गतेबाट हुने मधानी महायज्ञ २०७६ को तयारी पूरा भएको छ ।

आज (आइतबार) आयोजक मौलापुर नगरपालिले पत्रकार सम्मेलन गरी महायज्ञको तयारी पूरा भएको जानकारी गराएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने उक्त महायज्ञ क्षेत्रमा सुरक्षा व्यवस्था दुरुस्त पार्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सक्रिय रहेको जनाइएको छ ।

महायज्ञमा फागुन ४ गते आइतबार कलश यात्रा सम्पन्न गरिएको छ भने फागुन ५ गते विहान बिहान ९ बजे दूध रिसाल, बिहान ११ बजे लखराव यज्ञको प्रारम्भ, दिउँसो १२ बजे केकी अधिकारी, निखिल उप्रेतीसहित नेपाली कलाकारहरुद्वारा सांस्कृतिक प्रस्तुति, राती ८ बजे मधानी महायज्ञ, राती ९ बजे शिवलिला प्रदर्शनको कार्यक्रम रहेको छ ।

त्यस्तै फागुन ६ गते मङलबार बिहान ८ बजे गंगाजल रिसाल, विहान ११ बजे राष्ट्रपति भण्डारीबाट विशेष पुजा, दिउँसो १२ बजे मुल समारोह तथा राती ९ बजे लोकप्रिय भोजपुरी कलाकारहरु दिनेशलाल यादव निरहुआ, आम्रपालि दुबे, इन्दु सोनाली लगायतका कलाकारहरुको सांस्कृतिक प्रस्तुतीको कार्यक्रम रहेको छ भने हरेक दिन सांझ ६ बजे आरतीको कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

पर्यटन प्रवर्द्धन गर्न तथा भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना भएको महायज्ञमा यस क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्क किसिमले भगवान शिवको विशेष पुजा अनुष्ठान हुन लागेको हो ।

The post राष्ट्रपति भण्डारी सहभागी हुने महायज्ञको तयारी पुरा appeared first on Rajdhani Daily News.

मौद्रिक नीति आज सार्वजनिक गरिँदै

Previous articleगणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता चैत १८ देखि
Next articleबुधबार बिहानै नेपाल प्रवेश गर्दै पश्चिमी वायु