केही दिनदेखि मौसम सामान्य रहेको नेपालमा बुधबारदेखि बदली हुने देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले सोमबार बिहान दिएको जानकारीअनुसार बुधबार बिहानैदेखि नेपालमा पश्चिमी वायुको प्रभाव पर्नेछ।
‘यसले कति दिन र कस्तो प्रभाव पार्नेछ भन्ने कुरा पछि नै अनुमान गर्न सकिनेछ,’ नेपालखबरसँग मौसमविद् नगरकोटीले भनिन्, ‘त्यही (बुधबार) चाहिँ देशका पहाडी भेगका केही स्थानमा वर्षा हुने सम्भावना देखिएको छ।’
उनका अनुसार मौसम बदली भने देशभरै गराउनेछ।
यसैबीच आज (सोमबार) पनि मध्य तथा पूर्वी पहाडका आइसुलेटेड (निश्चित एक÷दुई ठाउँ) स्थानमा हल्का वर्षा हुने सम्भावना छ।