दिगो विकास लक्ष्यमा पत्रकारको भूमिका महत्वपूर्ण

0
62

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. गिरधारी शर्माले दिगो विकास लक्ष्य प्राप्तिमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजना तथा नीति तथा योजना आयोग गण्डकी प्रदेश कार्यालयको सहयोगमा भएको दिगो विकास लक्ष्य र सञ्चारकर्मीको भूमिकाविषयक अन्तरक्रियामा बोल्दै शर्माले राजनीतिक मुद्दाभन्दा बढी विकासका विषयमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरे ।

उनले निजी क्षेत्रले दिगो विकास लक्ष्य प्राप्तिका सरकारको सहयोगीको रुपमा प्रभावकारी भूमिका खेल्न नसकेको बताए । ‘निजी क्षेत्र सुतेर बसेको अवस्था छ’,उनले भने ‘पत्रकार साथिहरुले निजी क्षेत्रलाई दिगो विकास लक्ष्य प्राप्तिमा क्रियाशील हुन सचेत गराउनुपर्छ ।’

कार्यपत्र प्रस्तुत गर्दै उनले दिगो विकास लक्ष्य जनताको जीवनमा संरचनागत परिर्वतन गर्न ल्याइएको विकास एजेण्डा रहेकाले यसको स्थानीयकरण गर्न आवश्यक रहेको बताए ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपाल सरकारले कुल ४ सय ७९ सूचक तयार गरेकोमा गण्डकी प्रदेश सरकारले १ सय ३९ सूचकलाई उपयुक्त मान्दै सोही अनुरुप योजना बनाइरहेको छ ।

पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले सरकारले योजना कागजी रुपमा बनाउने तर पूरा गर्ने बाटोमा हिड्ने काम नगरेका कारण खबरदारी आवश्यक रहेको बताए । उनले राज्यलाई विकास र समृद्ध बनाउन पत्रकारको कलम चल्ने विश्वास व्यक्त गरे ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि अबको १० वर्ष नागरिक संघसंस्था, पत्रकारले राज्यलाई सचेत गराउँदै सहयोगी भूमिका खेल्नुपर्ने बताए ।

नेपाल प्रेस युनियन केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पत्रकारको अबको ध्यान दिगो विकासका लक्ष्य प्राप्तिमा रहने गरी अगाडि बढ्न आग्रह गरे ।

The post दिगो विकास लक्ष्यमा पत्रकारको भूमिका महत्वपूर्ण appeared first on Rajdhani Daily News.

दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेहरुको नाकाहरुमा भिड

Previous article“सुनसरी लिटिल प्रीन्स एन्ड एन्जल-२०७६”को फाईनलमा स्वर्णिम र निनिमा
Next articleआजको राशिफल : फागुन ६ गते, मंगलबार