जाजरकोट भूकम्प पीडितहरु धादिङ निलकण्ठका स्थानीयको सहयोग

0
11

धादिङ- गत ७ गते शुक्रवार जाजरकोट केन्द्र विन्दु बनाई गएको भूकम्पका कारण  प्रभावित भूकम्प पीडितहरुका लागि धादिङका स्थानीय सर्व साधरणले सहयोग संकलन गरी पठाएको छ ।

निलकण्ठ नगरपालिकास्थित नगर  क्षेत्रका स्थानीयले सो सहयोग जुटाएको हो ।

सहयोग स्वरुप चार सय भन्दा धेरै भूकम्प पीडितहरुका लागि  न्यानो कपडाका साथै एक सय तीस थान जाडोका लागि फाइवर सिरक रहेको छ ।

यी सामाग्री जिल्ला प्रहरी कार्यालय धादिङ र ट्राफिक प्रहरी कार्यालय गजुरीको सहयोगमा   जाजरकोटमा पठाइएको हो ।

निलकण्ठ नगरपालिकास्थित वडा नम्वर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले आफुले असायहरुका लागी स्थापना गरेको वडा अध्यक्ष अक्षय कोषको र स्थानीय धादिङबासीले संकलन गरेको तीन लाख पचास हजार रकमबाट सामान खरिद गरी भूकम्प पीडितहरुका लागि सहयोग स्वरुप पठाइएको हो ।

सो राहात सामग्रीमा बढ्दो जाडोका कारण भूकम्प पीडितहरु थप समस्यामा नपरोस् भन्दै तत्कालका लागि न्यानो कपडा पठाइएको हो ।

यसैगरी नेपाल रेडक्रसस सोसाइटी धादिङले पनि न्यानोका लागि कम्वल र तत्कालाका लागि अस्थाई वसोवास गर्न टहरा बनाउन त्रिपाल सहयोग स्वरुप पठाइएको छ ।।

https://www.ujyaalonepalnews.com/archives/33039

Previous articleपाल्पाका ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
Next articleराष्ट्रपति पौडेलसँग चिनियाँ प्रमण्डलको भेट