दाङमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु

Click Image

दाङ- अटो दुर्घटना हुँदा दाङमा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा जिल्लाको बंगलाचुली गाउँपालिका– ५ की ६५ वर्षीया भेगी बुढाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी दाङका प्रमुख एसपी रामबहादुर केसीका अनुसार भेगीको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

बुधबार बंगलाचुली– ५ स्थित गुरासेनी डाँडाबाट रा १ ह ५८०५ नम्बरको अटो ब्रेक फेल भइ झन्डै पाँच सय मिटर तल खस्दा बुढा गम्भीर घाइते भएकी थिइन् ।

जिल्लाको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा घाइते बुढालाई थप उपचारका लागि बाँकेको कोहलपुर रिफर गरिएको थियो । कोहलपुरमै घाइते बुढाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

https://ujyaalonepalnews.com/archives/33168

Previous articleभैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
Next articleसूर्य उपासनाको पर्व ‘छठ’ को तयारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।