कञ्चनपुरमा नवजात शिशुको शव भेटियो

0
35

कञ्चनपुरमा एक नवजात शिशुको शव भेटिएको छ।

मंगलबार दिउँसो भीमदत्त नगरपालिका–५ वनगाउँ कालीपुल नजिक नवजात शिशुको शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले नवजात शिशुको शव भेटिएको र शव पहिचान गर्न नमिल्ने अवस्थामा रहेको जानकारी दिए। सो स्थानमा शिशुको शव भेटिएको भन्दै स्थानीयले खबर गरेपछि प्रहरी टोली पुगेको थियो।

‘नवजात शिशुको शव बेवारिसे अवस्थामा छ, पहिचान गर्न सकिने अवस्थामा छैन’, नेपालखबरसँग कुरा गर्दै निरीक्षक कार्कीले भने।

‘घटनाका बारेमा हामी अनुसन्धान गर्दै छौँ’, उनले भने, ‘जिउँदो जन्मेको बच्चा मारेर फालेको हो वा मरेकै जन्मेर फालेको हो भन्ने विषयमा अनुसन्धान केन्द्रित भइरहेको छ।’

शिशुको छातीमुनीको भाग क्षतविक्षत अवस्थामा रहेको उनले बताए। अहिले शव महाकाली अस्पतालमा राखिएको छ।

यूएईको विमानस्थलमा आयो क’डा नियम , दोहोरो टिकट नहुनेहरु धमा’धम फर्काइँदै

Previous articleक्वारेन्टाइनमा राखिएका विद्यार्थीको अवस्थाबारे सदनलाई जानकारी गराउन माग
Next articleगौरादह उद्योग वाणिज्य संघको अध्यक्षमा जितबहादुर