रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

0
111

काठमाडौं, माघ ३ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्य प्रगति विवरण लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

महामन्त्री मुकुल ढकालका अनुसार आज दिउँसो ३ बजे केन्द्रिय कार्यालयमा बस्ने बैठकमा पार्टीले गर्न लागेको विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुनेछ ।

रास्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरिरहेको छ । विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्न लागिएको नेताहरूले बताएका छन् ।

Previous articleआज देशभर कहाँ- कहाँ हुँदैछ वर्षा ?
Next articleरत्ननगर महोत्सवमा दैनिक हजारौं दर्शकको भीड, परम्परागत शैलीका घरहरु रोजाइमा