काठमाडौं । ललितपुर महालक्ष्मी नगरपालिका मानव मलमूत्र व्यवस्थापन क्षेत्रमा देशकै नमुना बन्दै छ । नगरपालिकाले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन र काठमाडांै उपत्यका खानेपानी व्यवस्थापन बोर्डको आर्थिक एवं वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)को प्राविधिक सहयोगमा आईएसओ २४५२१ मापदण्डको मानव मलमूत्र प्रशोधन केन्द्र निर्माण गर्दै छ ।
कार्यक्रम कार्यान्वयनका लागि नगरपालिकामातहत ‘स्यानिटेसन सेल’समेत गठन भइसकेको छ । मलमूत्र प्रशोधन गर्न जग्गा छनोट, रेखांकन, डिजाइन एवं लागत स्टिमेटसमेत भइसकेको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए । नगरपालिकाले जनप्रतिनिधि, गैरसरकारी संस्था, खानेपानी उपभोक्ता समिति, सामुदायिक वन उपभोक्ता समिति र सफाइ क्षेत्रमा कार्यरत निजी क्षेत्रसँग समेत छलफल तथा अन्तक्र्रियासमेत गरेको छ ।
आईएसओ मापदण्डको नमुना सरसफाइ कार्यक्रम कार्यान्वयनका लागि नगरपालिकाले गरिरहेको कामबारे कार्यपत्र प्रस्तुति पनि गरिएको छ । सेप्टिक ट्यांकमा संकलन हुने मानव मलमूत्र गाडीमार्फत सुरक्षित प्रशोधनस्थलसम्म पु-याउने र त्यहा“ भएको सहउत्पादन पुनप्र्रयोग वा सुरक्षित तरिकाले वातावरणमा पठाउने काम आईएसओ २४५२१ भित्र पर्छ ।
बधशाला र यसबाट उत्सर्जन हुने फोहोर व्यवस्थापन योजना बनाउनेबारे छलफल एवं अध्ययन भइसकेको नगरपालिका वातावरण शाखाका इन्जिनियर लवकुमार गुप्ताले जानकारी दिए । काठमाडांै उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणाले काठमाडांै उपत्यकामा फोहोरपानी व्यवस्थापनका लागि भएका प्रयास तथा आगामी योजनाबारे कार्यपत्र प्रस्तुत गरेका छन् ।
The post मलमूत्र व्यवस्थापनमा नमुना बन्दै महालक्ष्मी appeared first on Rajdhani Daily News.
चीनले दिएकाे चार सय थान अक्सिजन सिलिन्डर नेपाल एअरलाइन्स मार्फत नेपाल ल्याइयो