त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु
चितवन- कपिलवस्तुबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबस धादिङको त्रिशूली नदीमा खसेको छ । लु १ ख २१२१ नम्बरको बस गजुरीको घाटबेशीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । दुर्घटनास्थलबाट अहिलेसम्म ३५ जनाको उद्धार गरी उपचारको लागि नजिकैको स्थानीय अस्पतालमा पठाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed