मोटरसाइकलमा ठक्कर दिने कारबाट पेस्तोल र गोली बरामद, २ जना पक्राउ

0
63

जनकपुरबाट पेस्तोल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया बस्ने वर्ष ४० का जितेन्द्र यादव र सोही नगरपालिका ५ महेन्द्रनगरका कुमोदनारायण झा रहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए।

जनकपुरधाम उपमहानगरपालिका १ भानु चोकमा शनिबार दुर्घटनामा परेको कारलाई चेकजाँच गर्दा पेस्तोल बरामद भएपछि दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो।

बा१४च ७४५९ नम्बरको उनीहरु चढ्ने कारले ज९प ४८०६ नम्बरको मोटरसाइकलमा ठक्कर दिएपछि प्रहरीले कारलाई चेकजाँच गर्दा चाईनिज पेस्तोल र ६ राउण्ड गोलीसहित पेस्तोल बरामद भएको हो।

दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ लैजाने गरी काम गर्न मन्त्री चौधरीको निर्देशन

Previous articleचीनमा नयाँ भाइरसका कारण दुईको मृत्यु, सयौं संक्रमित भएको आशंका
Next articleपरिवार नियोजन संघकाे प्रदेश- ५ संयोजकमा पन्थी निर्वाचित