जनजागृति माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण

0
304

उज्यालो नेपाल- रत्ननगरको वडा नं. १४ पिठुवामा रहेको जनजागृति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिकसामाग्री वितरण गरिएको छ । नेपाललाईफ इन्स्योरेन्स टाँडी शाखाले विद्यालयमा अध्ययनरत ९५ जना विद्यार्थीलाई शैक्षिकसामाग्री वितरण गरेको हो ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शैक्षिकसामाग्री वितरण गरेको टाँडी शाखाप्रमुख राज कुशवाहाले जानकारी दिए । कम्पनीले वर्षेनी आफ्नो नाफाको कुल एकप्रतिशतले हुन आउने रकम यस्तै सामाजिक कार्यमा खर्च गर्ने गरेको उनले बताए ।

आईतवार विद्यालयमा आयोजित एक औपचारिक कार्यक्रम बीच सामाग्री वितरण गरिएको हो । सो अवसरमा विद्यालयका प्रधानाध्यापक नरेन्द्रकुमार श्रेष्ठले नेपाललाईफको यस्तो पून्यको कर्मले, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको शिक्षा हासिल गर्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष  तथा वडाध्यक्ष होमनाथ रानाभाटको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, नेपाललाईफ ईन्सुरेन्स टाँडी शाखाका कर्मचारी तथा विमा अभिकर्ताहरु लगायतको उपस्थिति थियो  ।

कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक  रोहिणी न्यौपानेले संचालन गरेका थिए ।

 

Previous articleमौलाकालिका मन्दिरमा महाआरती हुने, केवलकारमा ५०% छुट अफर
Next articleआज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड