हरि सेन्चुरी
अध्यक्ष, नेपाल हस्तकला कालिगड संघ
आफ्नो कामलाई नै लगावको रूपमा लगनशील भएर लागेका कारण सफलताको सिँढी चढ्दै गरेका हरि सेन्चुरी हस्तकला कालिगडका क्षेत्रमा नौलो नाम होइन ।
धादिङ जिल्लाको कल्लेरीमा २०३६ साउन १५ मा जन्मिएका सेन्चुरी सामान्य परिवारका सदस्य हुन् । स्थानीय सरस्वती निमावि डुम्रीचौरबाट कखरा सिकेका सेन्चुरीले जेजति प्रगति गरेका छन, त्यो आफ्नै मिहिनेत र संघर्षकै परिणाम हो । बाल्यकालदेखि नै सीप र श्रमसँग मितेरी गाँस्दै आएका विकलाई मान र सम्मान पनि त्यही श्रम र सीपले नै दिलाएको छ ।
परिवारको साथ सहयोग र साथीभाइको हौसलाका कारण प्रगतिपथमा लम्किँदै गरेका सेन्चुरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चा बटुलेका छन् । नेपालको सीप, कला र मौलिकतालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउँदै आएका सेन्चुरीले
आफ्नो
कामलाई
प्यासनका
रूपमा
लिएका
कारण
नामसँगै
दाम
पनि
कमाएका
छन्
।
उनी भन्छन्, ‘सीपबिनाको मानिस जिन्दगीमा सधैं अधुरो र अपूरो रहन्छ । अहिलेको युगमा सीप र ज्ञानले नै मानिसलाई धनी बनाउँछ । यही सीपयुक्त व्यक्तिहरूले सही ठाउँ पायो भने उन्नति गर्छन् ।’ सीपलाई आफ्नो ज्ञान र क्षमतामार्फत आफूलाई उकासेका व्यक्तिहरूको सूचीमा हरि सेन्चुरी विक अग्रस्थानमा आउँछन् ।
अहिलेको युगमा पनि नेपालले कालिगडहरूबाट केही लिन नसकेकोमा विक आश्चर्य प्रकट गर्छन । राज्यले केही दिन नसके पनि कालिगडहरूलाई कम्तीमा पनि कर प्रणालीमा ल्याउन उत्प्रेरणा जगाउन सकेको खण्डमा देशको प्रगति हुने ठम्याइ उनको छ । उनी भन्छन्, ‘करमा गए कम्तीमा पनि राज्यबाट सेवा लिन पाउँछन् ।’
नेपाली हस्तकलाको विकास प्रवद्र्धन र निर्यातका लागि विगत दुई दशकदेखि सक्रिय भएर लागि परेका सेन्चुरीलाई सुरुमा कालिगडी मात्र थाहा थियो । विस्तारै आफूलाई समाजसँग घुलमिल बढाउँदै सहरी शिक्षित र चलाक उपभोक्तासँग राम्रो सम्बन्ध बनाई व्यापार व्यवसाय विस्तार गरेका सन्चुरी आफूलाई कालिगड भएकोमा गर्व गर्छन् । उनी भन्छन्, ‘ एउटा सामान्य कालिगडले अन्तर्राष्ट्रियस्तरमा सीप पु¥याई नेपाली मौलिकता
र
परम्पराको
प्रचार
गरी
राष्ट्रिय
अर्थतन्त्रमा
केही
योगदान
पु¥याउनु भनेको सामान्य
थिएन
र
होइन
पनि
।’
सरकारको नीतिगत सुधार आवश्यक
नेपाली कालिगड पेसालाई संरक्षण गरी प्रोत्साहन गर्नु भनेको व्यापार घाटा कम गर्नु मात्र नभई नेपाली मौलिकता र कलाको परिचय अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउनु पनि हो । उनी भन्छन्, ‘सरकारले नेपाली मौलिक हस्तकलाको निर्यातका लागि केही व्यावहारिक कठिनाइ हटाउँदै नीतिगत सुधार गर्नुपर्दछ ।’
व्यापारीले त्यही सामान निर्यात गर्दा राज्यले ४ प्रतिशत नगद फिर्ता दिई प्रोत्साहन दिन्छ । तर, कालिगडका लागि केह ीगर्न सकेको छैन । यसैले सरकारले कालिगडको आत्मबल बढाउनका लागि बिमा गरिदिने, प्रोत्साहन दिने र सहुलियतपूर्ण कर्जा दिनेलगायतका काम गर्नुपर्छ भन्ने उनको विचार रहेको छ ।
कालिगडका उत्पादन निर्यात गर्दा भन्सारले दिने झन्झटले गर्दा उत्साह घट्ने गरेको उनको अनुभव छ । कालिगड आफंैले अन्तर्राष्ट्रिय क्षेत्रमा हुने मेला प्रदर्शनीमा सहभागिता जनाउन पाए मात्रै यस क्षेत्रको संरक्षण र प्रबद्र्धन हुने उनको ठम्याइ छ । कम बजेटमा पनि सरकारका कर्मचारीहरू सहभागी हुँदा कालिगडहरूले नयाँ कुरा सिक्ने र अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा
गर्न
ज्ञान
प्राप्त
गर्न
नसकिरहेको
उनको
बुझाइ
छ
।
हस्तकला भन्ने बित्तिकै सीमित स्रोत साधनमा चल्ने पेसा भएकाले र यो पेसामा लाग्ने कालिगडहरू कमजोर आर्थिक अवस्थाकै हुने भएकाले उनीहरूलाई बिनाधितो ऋण दिनुपर्छ भन्ने माग नेपाल हस्तकला कालिगड संघका अध्यक्षसमेत रहेका सेन्चुरीको माग छ । घर घरमा काम गरी उत्पादन गरिने भएकाले बैंकबाट ऋण लिन झझन्टिलो रहेको र बैंकहरूले ऋण दिन नमान्ने गरेको गुनासो उनको छ ।
भगवान् विश्वकर्माको कला
भगवान् विश्वकर्माले बनाएका गरगहना नै देवी देवताले लगाउँथे । भगवानका पालादेखि नै चल्दै आएको यो पेशा अहिले पनि चुनौतीपूर्ण बन्दै आएको छ ।
विश्वकर्माको पुख्र्याैली पेसा हो सुनचाँदीको गरगहना बनाउनु हो । पछिल्लो समय विश्वकर्मा समुदायले आफ्नो पुख्र्याैली पेसालाई लत्याएर अन्य पेसा तथा व्यवसायमा लागेका छन् । तर, हरीले आफ्ना पिता पुर्खाको पेसालाई निरन्तता दिँदै आएका छन् । हाल उनले ग्लोवल सेच्चुरी प्रालिमार्फत कालिगडको व्यवसायलाई अगाडि बढाउँदै आएका छन् । उक्त कम्पनीका सञ्चालक तथा महाप्रबन्धक रहेका उनी नेपाल हस्तकला कालिगड संघका अध्यक्षसमेत हुन् । सोही संघमार्फत उनले नेपाली हस्तकलाको उत्पादनलाई चीन, बंगलादेश, श्रीलंका, अमेरिकालगायतका मुलुकमा निर्यात
तथा
प्रवद्र्धन
गर्दै
आएका
छन्
।
उनको पुर्खा नै हस्तकला व्यवसायमा संलग्न हुँदै आए पनि उनीहरूले जीवन बदल्न सकेका थिएनन् । पुर्खौंदेखि मजदुरी गरेर खान लगाउनसमेत धौधौ हुँदै आएपछि उनले हस्तकलालाई व्यवसायको रूपमा परिणत गरे । उनले हस्तकलाका सामग्री बनाउने र विदेशमा निर्यात गरिरहेका छन् । समाजले उनलाई ‘दलित’ भन्ने गरेको छ । तर, सीपले सफलतातिर लम्किँदै गर्दा उनमा निक्कै आत्मबल बढेको छ । ‘पुर्खादेखि काम गर्दै आए पनि मजदुरीमा मात्र सीमित हुँदा पुस्ता बदलिन सकेन तर मलाई व्यवसाय गरेर मात्र जीवन बदल्न सकिन्छ भन्ने लागेर व्यवसाय सुरु गरेको हुँ,’ उनी भन्छन्, ‘अहिले यो व्यवसाय थालेपछि मैले पनि यो समाजका लागि केही गरेछु भन्ने लागेको छ ।’
घट्दो आकर्षण
कालिगडको पेसा आर्थिक रूपमा राम्रो मानिन्छ । तर, नयाँ पुस्ता यसमा आकर्षित हुन सकिरहेका छैनन् । नेपालमा हस्तकला व्यवसायमा ११ लाखले प्रत्यक्ष रोजगारी पाएका छन् । हस्तकला व्यवसायले वार्षिक १५ अर्ब बराबरको निर्यात गर्दै आएको छ । तर, पनि यो क्षेत्रका कालिगडहरू विदेश पलायन हुने क्रम बढ्दो छ । सरकारले नीतिगत रूपमा कालिगडहरूका लागि विशेष योजना नल्याएका कारण पलायन हुनेको संख्या बढ्दो छ । विदेशमा उत्तिकै माग रहेको भए पनि यसको संरक्षण हुन नसकेकोमा उनी अचम्म मान्छन् । औंठी, चुरालगायत हस्तकला सामग्रीको नेपालमै उपभोग बढ्दै गएको छ । तर, नेपालमा मागअनुसार उत्पादन हुन सकिरहेको छैन ।
नेपालमा नै छ अवसर
केही बाध्यताले र धेरै रहरले विदेश जाँदा सीपयुक्त कामदारको अभावमा मागअनुरूप उत्पादन हुन नसकेको हो । ‘वैदेशिक रोजगारीमा जानुको साटो नेपालमै व्यवसाय गर्न सके दीर्घकालीन लाभ लिन सकिन्छ,’ उनी भन्छन्, ‘स्वदेशमा काम गरेर प्रशस्त आयआर्जन गर्न सकिन्छ । तर, नेपालमै केही गरौं भन्ने भावना नै हराउन थालिसक्यो ।’
‘नयाँ पुस्ता हस्तकलामा आकर्षित देखिँदैन, उनीहरूलाई सीप सिकाउनु हाम्रो कर्तव्य हो,’ उनी भन्छन्, ‘युवालाई यो पेसाप्रति मोह जगाउन सकेनौं भने नेपालको अर्थतन्त्रलाई समेत असर पुग्छ ।’ नेपालको कला संस्कृति जगेर्ना तथा पुख्र्यौली पेसालाई निरन्तरता दिएर व्यावसायिक सफलता हात पार्न सकेकोमा उनी आफैंचाहिँ सन्तुष्ट देखिन्छन् ।
उनी आफैं सुनचाँदीका गहनाका साथै काष्ठकलाका विभिन्न प्रकारका सामग्री बनाउने र बिक्री गर्ने गर्छन् । मेटलक्राफ्ट, मूर्ति, स्टोनक्राफ्ट, चित्रकला, बेतबास,
पस्मिना,
हड्डीका
सामग्री
उनको
पसलमा
पाइन्छ
।
उनले
पुर्खौली
व्यवसायलाई
व्यावसायीकरण
गर्न
तालिमसमेत
चलाउँदै
छन्
।
उनले
सयौंलाई
रोजगारी
दिइसकेका
छन्
।
उनको
पसलमा
अहिले
२०
जनाभन्दा
बढीले
काम
गर्छन्
।
सिजनका
बेला
४०
जनाभन्दा
पनि
बढीले
काम
गर्ने
उनी
बताउँछन्
।
दर्जनौं
नेपालीलाई
रोजगारीको
अवसर
दिन
सकेकोमा
उनी
आत्मसन्तुष्ट
छन्
।
सानो
कामलाई
पनि
निरन्तरता
दिन
सके
सफल
व्यवसायी
बन्न
सकिन्छ,
उदाहरणका
पात्र
बनेका
छन्
।
उनी
भन्छन्,
‘हातैले
बनाउने
भएकाले
पनि
नेपाली
हस्तकलामा
मौलिकपन
हुन्छ
।
त्यसकारण
पनि
नेपाली
हस्तकलाको
माग
विदेशमा
अधिक
मात्रामा
आउने
गरेको
छ
।
अमेरिका,
युरोपलगायतका
क्षेत्रमा
नेपाली
हसतकलाका
सामग्री
बिक्री
हुन्छ
।’
नयाँ पुस्तालाई यो हस्तकला जीवन्त कुरा हो भन्ने कुरा सिकाउन सकेमा र सरकारले थाइल्यान्ड, भारत, चीन, इन्डोनेसियालगायतका हस्तकलासँग प्रतिस्पर्धा
गर्न
नीतिगत
व्यवस्था
गरेको
खण्डमा
यो
क्षेत्रमा
अवसर
नै
अवसर
छ
।
नयाँ पुस्ताको आकर्षण बढेन भने नेपाली मौलिकता र कला संस्कृतिको नाश हुने कुरामा सेन्चुरी चिन्तित छन् । यसैंले नयाँ पुस्ताका लागि सरकारले प्याकेज ल्याउनुपर्ने उनको विचार छ । नयाँ पुस्तालाई तालिम र अन्तर्राष्ट्रिय मेला प्रदर्शनीमा
सहभागी
बनाउन
सकेमा
उनीहरूले
नयाँ
प्रविधि
सिकेर
यसमा
कायापलट
गर्न
सक्छन्
।
विदेशी
बजारमा
प्रतिस्पर्धा
गर्न
सक्ने
हुन्छ
।
नयाँ पुस्तालाई सुझाव
यो पेसा सम्मानजनक र आत्मसम्मानको पेसा हो । यो क्षेत्रको स्वदेशी बजार र विदेशी बजारमा उत्तिकै सम्भावना छ । यसमा मनग्गे आम्दानीसँगै आफ्नो र देशको नाम पनि राख्न सकिन्छ । यो पेसामा लाग्दा पैसा र नामसँगै आफ्नो देशको नाम र प्रतिष्ठा पनि बढाउन सकिन्छ । देशको कला, संस्कृति र मौलिकता जोगाउन पाएकोमा आफूमा गर्वको पनि महसुस हुन्छ । खाडीको घाममा दुःख सहनुभन्दा आफ्नै पेसामा रमेर नाम र दाम कमाउन सकिन्छ । यसका लागि सबै जना मिलेर सरकारलाई केही नीतिगत सुधार र दृष्टिकोणमा परिवर्तन गराउनुपर्छ ।
हातमा सम्मान उत्तिकै
व्यवसायमा सफलतासँगै उनले दर्जनौं सम्मान पाएका छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाएका छन् । यसलाई उनी आफ्नो मिहिनेत र परि श्रम नै ठान्छन् । उनले हालै मात्रै ‘वल्र्ड क्राफ्ट काउन्सिल’बाट
अन्तर्राष्ट्रिय स्तरको सम्मान पाएका छन् । कुबेतबाट पाएको उक्त सम्मान उनको गुणस्तरीय हस्तकला सामग्रीकै कारण थियो । उनी सन् २००८ मा सर्वोत्कृष्ट उद्यमीलाई प्रदान गरिने ‘स्माल इन्टरप्राइजेज एक्सलेन्स अवार्ड’
र
२०१०
मा
तेस्रो
‘स्माल
इन्टरप्राइजेज
एक्सलेन्स
अवार्ड’
बाट
सम्मानित
भएका
थिए
।
अन्नपूर्ण प्रावि सम्मान, अम्बेडकर सम्मान पदक अन्तर्राष्ट्रिय पुरस्कार, नेपाल दलित संघ राष्ट्रिय दलित सदनबाट सम्मानलगायतका पुरस्कार पाएका छन् ।
प्रस्तुति : पूर्णभक्त दुवाल
The post कालिगडलाई बिनाधितो ऋण appeared first on Rajdhani Daily News.
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट भैरहवा–कुवेत उडान गर्न जजिराको प्रस्ताव