शान्ति सेनामा पठाइदिने प्रलाेभनमा सेनाका जवान ठगिए

Click Image

नेपाली सेनाका सिपाहीलाई शान्ति सेनामा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।

अहरी दमन सिंहदरबार गणमा कार्यरत भिमबहादुर भण्डारीलाई शान्ति सेनामा पठाइदिन्छु भन्दै २ लाख ५० हजार रुपैयाँ ठग्ने बैतडीको दशरथचन्द नगरपालिका १ का रमेश बडु आइतबार पक्राउ परेका हुन्। उनलाई प्रहरी अपराध अनुसन्धान महाशाखा टेकूले नक्खुदोबाटोबाट पक्राउ गरेको हो।

महाशाखाका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहका अनुसार उनले रक्षा मन्त्रालयका सचिवलाई चिनेको छु भन्दै सेनाका सिपाहीलाई शान्ति सेनामा पठाइदिने आश्वासन दिएका थिए।

यस्तै, उनले राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिन्छु भन्दै अरु दुई जनाबाट पनि २४ लाख रुपैयाँ ठगेको महाशाखाले जनाएको छ। उनलाई उच्च अदालत पाटनले २ महिना ४ दिन कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ। २०७५ कात्तिक १६ गते यस्तो फैसला आएपछि बडु फरार थिए।

यो दशैमा घर आउंदै हुनुहुन्छ? भन्सार नतिरी के कति सामान ल्याउन पाईएला ??

Previous articleदक्षिण कोरियामा कोरोनाले लियो १८ को ज्यान, संक्रमितको संख्या ३७ सय नाघ्यो
Next articleजुम्लाका युवाद्वारा प्रचण्डलाई ताकेर जुत्ता प्रहार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।