सिमानामा स्वास्थ्य जाँच

0
54

इलाम। पूर्वको नेपाल–भारत सीमा पशुपतिनगर नाकामा स्वास्थ्य जाँच गरिन थालेका छ । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस जाँचका लागि बुधबारदेखि नेपाल भारत सिमा इलामको पशुपतिनगरमा शुरु गरिएको हो ।

नाका रहेको सूर्योदय नगरपालिकाको विपद् उद्धार समिति बैठकले भारतीय नाकाबाट कोरोनाको जोखिम कम गर्न जाँच गर्ने तयारी गरेको मेयर रणबहादुर राईले बताए । नाकाका २ स्थानमा डेस्क स्थापना गरी भारतबाट नेपाल छिर्ने प्रत्येक व्यक्तिको तापक्रम जाँच गरिने भएको हो ।

मेयर राईले भने, ‘कोरोनाको कुनै शंका लागेका अन्य देशका व्यक्तिलाई फिर्ता पठाइने र भारतबाट आउने नेपालीमा यस्तो समस्या देखिए तोकिएको स्थानसम्म र्पुयाउन नगरपालिकाले पहल गर्ने जानकारी दिए ।

उनले भने, ‘पशुपतिनगरको मूल गेटबाहेक भारतबाट नेपाल भित्रिने अन्य नाकामा सुरक्षा जाँच कडा बनाइनेछ ।’ मानिसको शरीरमा नछोई तापक्रम जाँच गर्ने २ वटा थर्मल गन नगरपालिकाले व्यवस्था गरेको छ । स्वास्थ्य शाखामा कर्मचारीसमेत थपेर हेल्प हेस्क राखी तापक्रम जाँच गरिने मेयर राईले बताए ।

The post सिमानामा स्वास्थ्य जाँच appeared first on Rajdhani Daily News.

अब साउदी प्रवेश गर्नेलाई नयाँ नियम: CCMC जस्तै अनलाईन फारम भर्न पर्ने

Previous articleएम्बुलेन्स थप्दै स्थानीय तह, दुर्घटनाका विरामी ट्याक्टरमा
Next articleबस दुर्घटनामा तीनको मृत्यु