कोरोना भाइरस संक्रमण : जोखिमभन्दा त्रास बढी

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभरी संक्रमित भएका १ लाख १० हजार ७७ जनामध्ये ८६ प्रतिशत बढि सामान्य अवस्थामा फर्केका छन् । कोरोनाबाट संक्रमित भएको पुष्टि भएकामध्ये आधाभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका हुन् । नेपालमा पनि कोरोनाको संक्रमण फैलिन सक्ने त्रासका कारण होसियार अपनाइएको छ । तथापी नेपालमा जोखिमभन्दा त्रास बढी देखिएका कारण कालोबजारीले मौलाउने मौका पाएको छ ।

हालसम्म विश्वका १ सय १० वटा मुलुकमा फैलिसकेको कोरोना भाइरसबाट संक्रमित १ लाख १० हजार ७७ मध्ये ६२ हजार २ सय ८० जना उपचारपछि निको भएर घर फर्किएको तथ्यांक छ । यो भाइरसबाट हालसम्म ३ हजार ८ सय ९२ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर फैलिएको सो भाइरसको विषयमा जोखिमभन्दा बढी सन्त्रास फैलिएको चिकित्सकहरु बताउँछन् । धेरै मानिसमा यो भाइरस लागेपछि निको हुँदैन भन्ने भ्रम पनि छ । तर, पछिल्लो तथ्यांक हेर्दा उपचारपछि घर फर्कनेको संख्या बढी रहेको पाइन्छ । कोरोनाबाट मुख्य प्रभावित चीनको हुवेई प्रान्तमा मात्रै ५८ हजार ६ सय २ जना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये हाल ४३ हजार ९ सय ६७ जना अस्पतालमा उपचार गराइरहेका छन् । संक्रमित ४३ हजारमध्ये ८६ प्रतिशत अर्थात् ३७ हजार ९ सय ९० जना सामान्य अवस्थामा छन् भने १४ प्रतिशत अर्थात् ५ हजार ९ सय ७७ जनाको जटिल अवस्थामा उपचार भइरहेको छ । गम्भीर अवस्थामा रहेकामा अधिकांश दीर्घ रोग, मधुमेह, उच्च रक्तचाप भएकामा देखिएको एक तथ्यांकले देखाएको छ । विश्वभर संक्रमण फैलिएपछि मृत्यु हुन्छ भन्ने त्रास फैलिरहेको छ । यो भाइरसको संक्रमण हुनेबित्तिकै मृत्यु हुने भ्रम फैलिएको छ । तर, उपचार पछि निको भएर फर्किएका उदाहरण धेरै छन् ।

हाल चीनमा १९ हजार सो संक्रमणबाट सामान्य अवस्थामा आएका छन् । चीनमा ५ हजार १ सय ११ जना मात्रै जटिल अवस्थामा उपचार भइरहेको छ । कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या हेर्दा १ हजारमा ५ देखि ४० जनासम्मको मृत्यु हुने गरेको पाइएको छ । कोरोनाबाट प्रभावित ५० प्रतिशत मानिस निको भएर घर फर्किएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्दा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेमा वृद्ध, मधुमेह, उच्च रक्तचाप, मुटु रोग लागेकाहरु धेरै छन् ।

जोगिन के गर्न सकिन्छ ?
कोरोनाको संक्रमणबाट जोगिन व्यक्तिगत रुपमा मानिससँग दूरी कायम राख्न सकिन्छ । रुघाखोकी लागेको मान्छेबाट सकभर टाढा रहनुपर्छ । नजिक बस्नुपरे पनि कम्तीमा दुई मिटरको दूरी कायम राखेर बस्न सकिन्छ ।
त्यस्तै, आफूलाई खोकी लागेको छ भने मास्क प्रयोग गर्न सकिन्छ । मास्क लगाएपछि अरुलाई सर्न पाउँदैन । मास्क नलगाएको अवस्थामा खोकी लाग्दा दुई हातले मुख छोपेर हाच्छिउँ गर्न सकिन्छ । यो भाइरस वृद्धवृद्धा तथा बालबालिकामा छिटो सर्ने भएकाले उनीहरुका अगाडि आफूले सकभर हाच्छिउँ नगर्ने र भीडभाडबाट टाढै बस्नु उपयुक्त हुन्छ । त्यस्तै, हरेक सामान प्रयोग गरेपछि साबुन पानीले कम्तीमा २० सेकेन्ड हात मिचीमची धुनुपर्छ ।

The post कोरोना भाइरस संक्रमण : जोखिमभन्दा त्रास बढी appeared first on Rajdhani Daily News.

आवश्यकता र औचित्यको अधारमा गठबन्धन हुन्छः मन्त्री कार्की

Previous articleगिजामा संक्रमण भएकी छात्रा अञ्जलीका लागि विद्यार्थीकै हातेमालो अभियान
Next articleगौतमलाई लागेको ‘ब्रेक’ खुस्काउन शीर्ष नेतालाई सकस
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।