मोरङ । अपहरणमा परेको नाटक गर्दै आफ्नै बुवासँगफिरौती रकमअसुल्ने एक युवक सहितदुई जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय मुकेश कुमार महतो र उनकै घरमा कामगर्ने २५ वर्षीय कृष्ण राजवंशी रहेका छन् ।
जिल्लाप्रहरी कार्यालय मोरङकाप्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार मुकेशकै योजनामा कृष्णले साथ दिएकाहुन् । मिटर व्याजको धन्दामा फसेपछि त्यसबाट निस्कन मुकेशले आफु अपहरणमा परेको नाटक गरेर आफ्नै बुवासँग फिरौती रकम लिने योजना बनाएकाहुन् ।
फागुन २३ गते शुक्रबार विहान करिब १० बजे घरबाट मुकेशले अपहरणमा परेको भन्दै बुवालाई फोन गरेर अपहरणकारीले ३० लाख रुपैया ँफिरौती मागेको बुवा शिवनाराण महतोलाई फोन गरेकाथिए । प्रहरीमा खबर गरे र फिरौती रकम नबुझाए आफूलाई मारिदिने धम्कि अपरहणकारीले दिएको सुनाएपछि परिवार चिन्तित बनेको थियो । छोराको ज्यानको मायाले शिवनारायणले फिरौती रकम जम्मा गरिदिए ।
घटनाबारे जानकारी पाएको जिल्लाप्रहरी कार्यालय मोरङको टोलीले खोजतलास गर्ने क्रममा फागुन २६ गते सोमबार सुनसरीको भान्टाबारीमा मुकेशलाई फेला पारेको थियो । उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि अपरहण भएको नभई अपहरणको नाटक भएको खुलेको हो । महतो परिवारले फिरौती रकम २१ लाख बुझाएपछि प्रहरी पुगेको थियो ।
अपहरणमा परेको खबर भएको भोलिपल्ट उनका आफन्तले घटनाबारे प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन भएको थियो । यता अपहरणमा परे भनिएका मुकेशले भने २३ र २४ गते अपहरणकारीले आफुलाई लहानमा राखेको जानकारी बुवालाई गराए । यस्तै २५ गते धनुषाको जनकपुरमा राखेको जानकारी दिएका उनले २६ गते कोशी ब्यारेजको बोर्डर छेउमा राखेको जानकारी गराएकाथिए ।
फागुन२६ गते शिवनारायण महतोले फिरौती वापत २१ लख रुपैयाँ जम्मा गरिदिए । सोहि दिन अपरान्ह अन्दाजी ५ बजे सुनसरीको भण्टाबारीबाट मुकेश कुमार महतोलाई प्रहरीले पक्राउ ग¥यो । त्यहि महतो परिवारमा मुन्सीकाम गर्ने बुढीगंगा गाउँपालिकाकै २५ वर्षीय कृष्ण राजबंशी समेत फिरौतीको रकम सहित पक्राउ पर े।
प्रहरीको अनुसन्धानका क्रममा फिरौती वापतको रकम मध्ये १ लाख १०हजार सापटी लिए वापत आकाश यादवलाई दिएको, २५ हजार रुपैयाँ स्यार्से कालिका आयल डिस्ट्रीब्यूर्टसलाई डिजेलको रकम दिएको पाइएको छ । यस्तै १० हजार लहान–१ की २० वर्षीया प्रिती चौधरीलाई दिएको र २ हजार कृष्ण राजबंशीले खर्च गरेको पाइएको छ । त्यसमध्ये १६ लाख ५३ हजार र ३ लाख चेक बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
मुकेशकुमार महतोले आफुले १ बर्ष अगाडी ५ लाख रूपैयाँ सापट लिँदा मिटर ब्याजकाकारण परिवारले ९६ लाख तिर्नु परेको र अरू ५० लाखको समेत कागज गरेको र नतिरेमा ज्यानमार्ने धम्की पाएको बताएका छन् । त्यसबाटपार पाउन परिवारसँग पैसा माग्ने आँट नभएपछि अपहरणको नाटक गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्नआएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
The post अपहरणको नाटक : आफ्नै बुवासँग फिरौतीमाग्ने युवक सहित दुईजना पक्राउ appeared first on Rajdhani Daily News.
नाबालिकाहरुलाई यौनदुर्व्यवहार गर्ने चितवनका दुई शिक्षक पक्राउ