रतननगर । अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६औं स्थापना दिवसको अबसरमा यही भदौं १६ गते रक्तदान कार्यक्रम गर्ने भएको छ ।
रेडियो अर्पण १०४.५ मेगाहर्जको संयुक्त सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रम विहान ७ बजे बाट अर्पण साकोसको प्राङगढमा सुरु हुने छ ।
संस्थाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी रक्तदान कार्यक्रम गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । संस्थाले कारोबार सुरु गरेको दिनलाई आधार मानेर सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष सुरज पौडेलले जानकारी दिए ।
कम्तिमा १०० युनिट रगत संकलन गर्ने गरी तयारी गरिएको अध्यक्ष पौडेलको भनाई छ । “रक्तदानः जीवनदान” भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा स्थानीय बासिन्दा, सहकारी सदस्य, युवा तथा विभिन्न सामाजिक संघ–संस्थाहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रम संयोजक टुकानाथ अर्यालले बताए ।
मेडिकल सिटीको रुपमा परिचित चितवनमा भइरहने रगतको अभावलाई मध्येनजर गरी कार्यक्रम आयोजना गरिएको उनको भनाई छ । संस्थाका सचिव महेश पाण्डेले सञ्चालन गरेको पत्रकार सम्मेलनमा संस्थाका पूर्व अध्यक्ष यमन भूषाल, उपाध्यक्ष रामकुमार बजगाईँ, सदस्यहरु आयुषचन्द्र श्रेष्ठ र ध्रुवराज लामिछानेको उपस्थिति रहेको थियो ।




