बँदेल छेक्न लगाईएको तरवारलाई भारतको सीमामा लगाईएको भनेर हल्लीखल्ली
जेठ ०२, ठोरी गाउपालिकाले नेपाल भारत सिमानामा तारजाली नलगाएको बताएको छ । गाउपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले आफुहरुले जंगली जनवार रोक्नको लागि आफ्नै भुमिमा तारबार गरेको बताउदै कुरै नबुझी हचुवाको भरमा पत्रकारहरुले समाचार बनाएको आरोप लगाउनुभयो। चितवनको सिनर्जी एफएमसंग कुरा गर्दै उहाले भारतको जंगलमा धेरै जनवार रहेको बताउदै उनीहरुलाई रोक्नको लागि नेपालि भूमिमा तारबार गरेको बताउनुभयो ।


यसअघि लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै विरोधको आवाज उठिरहेको बेला पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका एक वडाध्यक्षले भारतसँग जोडिएको सीमा क्षेत्रमा काँडेतार नै लगाइदिएको झुटो समाचार राजधानीबाट प्रकाशित एउटा पत्रिकामा छापेको थियो । यसअघि उज्यालो नेपालले समेत सो भ्रमपूर्ण समाचार प्रकाशित र सार्बजनिक गरिएकोमा क्षमा माग्दै उक्त समाचारलाइ हटाएका छौ ।



