प्रदेश १ मा राष्ट्रियसभा सदस्य लागि भएको निर्वाचन यस्तो देखियो

0
53

विराटनगर, ९ माघ । प्रदेश १ मा तीन जना उमेदवारको लागि बिहान १० देखि ४ बजे सम्म निर्वाचन हुँदैछ । निर्वाचन विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा भइरहेको छ ।

निर्वाचनमा स्थानीय तहका प्रमुख र उप्रमुख तथा प्रदेशसभा सदस्यले मतदान गरिरहेका छन् । स्थानीय तहको २ सय ७४ मत रहेको छ । त्यसैगरी प्रदेशसभा सदस्यको ९३ मत रहेको छ ।

विराटनगरको सभागृहमा भएको निर्वाचनमा एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राई , सभामुख प्रदिपकुमार भण्डारी , उपसभामुख सरस्वती पोखरेले , मन्त्रीहरु हिक्मत कार्की , जगदीश कुसैत , जिबन घिमिरे , ईन्द्र आंग्बो राज्य मन्त्री , जसमाया गजमेर , बिजय बिश्वास , राम राना , अम्बिरबाबु गुरुग सहित सत्ताधारी नेकपा र म्ुख्य प्रतिपक्षी प्रतिपक्षी दलका नेता राजिव कोइराला , सचेतक सुयर्माराज राई लगायतले मतदान गरेका छन । मतदान अपरान्ह्र ४ बजेसम्म हुनेछ ।

फोटो , यज्ञ अधिकारी

The post प्रदेश १ मा राष्ट्रियसभा सदस्य लागि भएको निर्वाचन यस्तो देखियो appeared first on Koshi Online.

देशैभर आज धेरै ठूलो पानी पर्ने सम्भावना

Previous articleनाइजेरियन नागरिकले २० वर्षदेखि हवाईजहाजको आकारमा घर बनाउँदै
Next articleराष्ट्रियसभा निर्वाचनमा नेकपाका अछामी, दाहाल र इन्दीरा विजयी