एमसिसी प्रस्ताव राष्ट्रिय हितअनुसार अघि बढ्छ : अध्यक्ष दाहाल

0
30

कावासोती, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रस्ताव परिमार्जन गर्न सकिने बताएका छन् ।

नवलपुरको दलदलेमा शुक्रबार आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले एमसिसी प्रस्ताव परिमार्जन गरी राष्ट्रिय हितका लागि सर्वोपरि राखेर मात्रै अगाडि बढाइने बताए ।

अन्य मुलुकमा एमसिसी प्रस्तावमा सैन्य रणनीति अघि सारेकाले विवाद भएको भन्दै उनले नेपालमा त्यस्तो विवादित अवस्था नआउने बताए । अमेरिकी दूतावासबाट १० बुँदे स्पष्टीकरण आएको बताउँदै अध्यक्ष दाहालले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर मात्रै अघि बढ्ने स्पष्ट गरे ।

भारत सरकारले नेपालको लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा गाभेर प्रकाशित गरेको नक्साले नयाँ विवाद सिर्जना गरेको बताउँदै नवलपरासीको सुस्ता र कालापानी क्षेत्रको विवादलाई दुवै देशले समाधान निकाल्ने बताए ।

देशको भूमि फिर्ता ल्याउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बौद्धिक व्यक्तित्वबीच एउटै मत रहेकामा खुशी व्यक्त गर्दै अध्यक्ष दाहालले नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई सदैव संरक्षण गर्ने पार्टीको प्रमुख दायित्व रहेको बताए ।

The post एमसिसी प्रस्ताव राष्ट्रिय हितअनुसार अघि बढ्छ : अध्यक्ष दाहाल appeared first on Koshi Online.

विश्वकप क्रिकेट: पाकिस्तानद्वारा श्रीलङ्का ६ विकेटले पराजित

Previous articleसबै स्थानीय तहमा बैंकका शाखा : लक्ष्य नजिक सरकार
Next articleकाँग्रेस बैठक १३ माघमा