राजधानी सार्ने बहस: बन्ला त चितवन देशकै राजधानी

0
73

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माघ ६ गते मंगलबार एकाएक ‘काठमाडौँबाट राजधानी सारौँ’ भन्ने विषय उठाए । त्यसपछि उच्च राजनीतिक नेतृत्वमा खासै बहस नभएपनि काठमाडौँ उपत्यका केन्द्रित घरजग्गा कारोबारी भने आशंकित भएका छन् ।

उद्यपी, डा. भट्टराईले यो ठाउँ वा शहर नै राजधानी हुनुपर्छ भनेर किटान गरेका छैनन् । मूलुक संघियतामा प्रवेश गर्नु अगाडी भने तत्कालिन माओवादीले राजधानी स्थानान्तरणको मुद्दा नउठाएको होइन । प्रदेश सरकार बनेपछि देशको राजधानी किन सार्नु ?

काठमाडौँमा कायम रहेको देशको राजधानी सार्ने विषय जनयुद्ध ताका खुबै चर्चित थियो । तर, २०६२/०६३ को जनआन्दोलनपछि यो विषय चर्चामा आउन छोडेको छ । पहिलो संविधानसभा निर्वाचन २०६४ पछि राजनीतिक तहमा राजधानी सार्नेबारे बहस छेडिन सकेको छैन ।

संविधान जारी पश्चात ७ वटा प्रदेश सरकारहरु बनेपछि हरेक प्रदेशका आ–आफ्नै राजधानी हुने भएपछि संघिय राजधानी सार्ने बहस छेड्नु उपर्युक्त नभएको कतिपयको बुझाई छ । तर, निर्वाचन भएर प्रदेश सरकारहरु बनेको ३ वर्ष पुगिसक्दा पनि प्रदेश नम्बर १ र २ ले नाम नै राख्न सकेका छैनन् । यी प्रदेशले स्थायी राजधानी पनि टुंग्याएका छैनन् ।

सत्तासिन दलका एक प्रमुख नेताले प्रदेशैपिच्छे राजधानी हुने भएकाले अब प्रदेशहरुबीच विकासमा प्रतिस्पर्धा हुनुपर्ने तर, देशको राजधानी सार्नुपर्छ भन्ने बहस गर्न नहुने बताए । केन्द्रीय राजधानी काठमाडौँ नै उपर्युक्त रहेको भन्दै ती नेताले हरेक प्रदेशले आफ्नो प्रदेशको सिमा भित्र पर्ने ठाउँहरुमा समानान्तर विकासको नीति लिनुपर्ने आवश्यक औल्याए ।

माओवादी जनयुद्धको उद्गम थलो रोल्पालाई तत्कालिन माओवादीहरुले राजधानी बनाउने दाबी गर्दै आएका थिए । काठमाडौँबाट रोल्पा पुगेर जनयुद्धको हुकार गरेको माओवादीले रोल्पा र आसपासका स्थानीयको साथ पाउन राजधानीको कार्ड फ्याँकेको थियो । तर, यो सम्भव हुने कुरै थिएन ।

शान्ति सम्झौतापछि भएको पहिलो संविधानसभा निर्वाचन २०६४ मा तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र नै कहाँ भन्ने अन्यौल भयो । पोखरा कि चितवन भन्ने दोधारका बीच प्रचण्डले चितवनबाट चुनाव लड्ने घोषणा गरे र त्यतिबेला चितवनलाई देशको राजधानी बनाउने सार्वजनिक उद्घोष पनि गरे ।

तर, त्यसपछि राजधानीका विषयमा खासै नबोलेका प्रचण्डले २०७६ साल माघ २५ गते शनिबार नुवाकोटको पञ्चकन्या गाउँपालिकामा पुगेर ‘केन्द्रीय राजधानी सार्ने बिषयमासमेत छलफल भइरहेको’ भनेर बोले । त्यतिबेला भने उनले कहाँ कहाँ प्रस्ताव गरिएको छ भन्नेबारे खुलाएनन् ।

एकताका नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले मूलुकको राजधानी काठमाडौँबाट दाङ सार्न उपर्युक्त हुने बताएका थिए । हालसम्म औपचारिक वा अनौपचारिक रुपमा प्रस्तावमा आएका नाममध्ये रोल्पा र दाङ राजधानीको लागि पायक नपर्ने भनिएपनि चितवनको नाममा भने खासै विरोध सुनिएको छैन । यद्यपी यो नाम पनि औपचारिक ढंगबाट प्रस्तुत भएको नाम भने होइन ।

https://www.ujyaalonepalnews.com/archives/13471

Previous articleरविलाई लाग्यो फेरि अर्को आ’रोप, हजारौ युवालाई ठ’गेको आ’क्षेप
Next articleब्वाई’फ्रेण्ड सङ्ग मिलेर आफ्नै बुवा आमा सहित ९ जनालाई बन्च’रोले हा’नेर मा’र्ने सबनमलाई मृ’त्युद’ण्ड