टाँडी नजिकै बन्यो सांस्कृतिक ग्राम, होमस्टे पनि संचालन हुने; मेयर वनले गरे उद्घाटन

0
73

चितवन, चैत्र २१ । रत्ननगर-९ बेलटाँडी स्थित टिकौंली ईकोपार्कमा ( कृष्ण मन्दिर बाट दक्षिण) रहेको रत्ननगर सांस्कृतिकग्रामको सोमवार उद्धघाटन गरिएको छ ।

रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन तथा उप–प्रमुख बिमला देवी दुवाडीले साँस्कृतिकग्रामको संयुक्त रुपमा उद्धघाटन गरेका हुन् । रत्ननगर नगरपालिका, टिकौंली सामुदायीक वन उपभोक्ता समुह र बागमती प्रदेश सरकारको संयुक्त लगानीमा बनेको होमस्टे निर्माण भएको हो । उद्धघाटन कार्यक्रममा बोल्दै मेयर वनले रत्ननगर महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक घरहरु बनाउने र भत्काउने गरेको हुनाले अब भत्काउन नपर्ने गरि सच्चिकै जातजातिको चिनारीकालागि सांस्कृतिक घर निर्माण गरेको बताए ।

विभिन्न जातजातिका संस्कृति झल्किने सामानहरु राख्नकालागि छिट्टै सङ्ग्राहलय निर्माण गर्ने सोच बनाएको उनले बताए । उनल भने – “यो ठाँउ शान्त र स्वच्छ भएकाले यस स्थानलाई पर्यटकीय क्षेत्र बनाउन सकेमा अझ धेरै आम्दानी सकिन्छ ।”सांस्कृतिकग्रामबाट हुन आउने आम्दानीको ४० प्रतिशत हिस्सा ग्रामको स्तर उन्न्तीमा, ४० प्रतिशत सामुदायीक वनलाई र बाँकी २० प्रतिशत स्थानीय समुदायको आय आर्जनको लागि खर्च गरिने मेयर वनले बताए ।

उपप्रमुख बिमला देवी दुवाडीले साँस्कृतिकग्राममा बस्न आउने पर्यटकहरुले यहाँको संस्कृतिको बारेमा नजिकैबाट बुझन र जान्न सक्ने बताइन् । रत्ननगरका प्रमुख प्रशासकिय अधिकृत शिशिर पौडेलले रत्ननगर नगरपालिका, टिकौंली सामुदायीक वन उपभोक्त समुह र प्रदेश सरकाको संयुक्त लगानीमा साँस्कृतिकग्राम निर्माण भएको बताए । रत्ननगर नगरपालिकाको १ करोड ६१ लाख, टिकौंली सामुदायीक वनको १४ करोड ५० हजार र प्रदेश सरकारको १ करोड ४० लाखमा उक्त साँस्कृतिकग्राम निर्माण भएको जानकारी दिए ।

थारु, चेपाङ, मुसहर, दरै, तामाङ, गुरुङ र मगर गरी ७ वटा सांस्कृतिक घर निर्माण गरेको उनले बताए । ७ वटा सांस्कृतिक घरमा १२ वठा आवासिय कोठा, छुटेटै किचन तथा डाईनिङ्ग हल ( एक पटकमा ७० जना बसेर खाना खान मिल्ने, सभा कार्यक्रम सञ्चालन गर्न मिल्ने) प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।

टीकौंली सामुदायीक वनका उपभोक्ता समुहका अध्यक्ष ईश्वरी प्रसाद लामिछानेले यो साँस्कृतिकग्रामले जातजातिको संस्कृति प्रवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । यसबाट आय आर्जित भएको आम्दानी होमस्टेमै रहने साथै होमस्टेमै लगानी गर्ने जनाए । उनले साँस्कृतिकग्रामको आम्दानीबाट प्रत्यक वर्ष १ वटाका दरले सास्कृतिक घर थप्दै जाने बताए । कार्यक्रममा रत्ननगर नगरपालिका र टिकौली सामुदायीक बनबिच २० बुँदे ब्यवस्थापन सम्झौता पत्र आदानप्रदान गरिएको थियो । रत्ननगरको खगेरी पुल नजिकै बाट करिब १ किमी दक्षिण गएपछि ईको-पार्क पुग्न सकिन्छ ।

https://www.ujyaalonepalnews.com/archives/18363

Previous articleनिर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुको सक्रियता बढ्यो
Next articleरत्ननगर बालमैत्री नगर घोषणा