भन्सार छलीको डेढ करोडको सामानसहित दुई वटा ट्रक नियन्त्रणमा

0
28

बीरगंज । सशस्त्र प्रहरीले राजश्व छली भित्राइएको भारतीय कपडा, मेडिकल सामाग्री, औषधी लगायत झन्डै डेढ करोड मूल्यको समानसहित २ वटा मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको छ ।

प्रज्ञापन पत्र बिना वीरगन्जबाट पथलैया जाँदै गरेका दुई वटा ट्रकलाई सशस्त्र प्रहरीले गए राति वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित सडक खण्डबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी १३ नम्बर गण हेडक्वार्टर वरिगंजका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले बताउनुभयो ।

सशस्त्र प्रहरीले ना ७ ख ९४२ र ना २ ख ९५४३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको पोखरेलले बताउनुभयो ।

सशस्त्र प्रहरी बल १३ नम्बर मुख्यालय पर्साबाट खटेको टोलीले राति साँढे ८ बजे ट्रक नियन्त्रणमा लिएको थियो ।

ट्रक चेकजाँचको क्रममा ना ७ ख ९४२ नम्बरको ट्रकमा ५१ लाख ९२ हजार रुपैयाँ बराबरको कपडा र मालसामान रहेको र ना २ ख ९५४३ नम्बरको ट्रकमा ९४ लाख ५३ हजार रुपैयाँ बराबरको मेडिकल सामग्री, औषधी र खुद्रा सामानहरू रहेको पोखरेलले बताउनुभयो ।

दुवै ट्रकलाई थप कारबाहीका लागि सशस्त्र प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

https://www.ujyaalonepalnews.com/archives/18460

Previous articleएकल पुरुषले मासिक रु ५०० भत्ता पाउने
Next articleचैत्र नवरात्रमा हारती माताको शरीरमा १०८ अखण्ड दीप प्रज्ज्वलन