पार्टी प्यालेसमा आगलागी, ४५ लाखको क्षति

Click Image

काठमाडौं ।काठमाडौँस्थित खुसिबुमा विवाहको भोज पकाउँदै गर्दा एक पार्टी प्यालेसमा आज साँझ अचानक आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–१७ खुसिबु नयाँ बजार लिंक रोडमा सुरेशराज श्रेष्ठद्वारा सञ्चालित क्लासिक बफे प्वाइन्ट पार्टी प्यालेसको भण्डार कोठा र भान्सा कोठामा आगलागी हुन हँदा उक्त क्षति भएको हो ।

नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयले दमकलको सहयोगमा झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/18692

Previous articleरेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न अर्थमन्त्रीको निर्देशन
Next articleवैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिममा कडाइ गरिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।