![](https://ujyaalonepalnews.com/wp-content/uploads/2024/03/news-ad.jpg)
काठमाडौं ।काठमाडौँस्थित खुसिबुमा विवाहको भोज पकाउँदै गर्दा एक पार्टी प्यालेसमा आज साँझ अचानक आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–१७ खुसिबु नयाँ बजार लिंक रोडमा सुरेशराज श्रेष्ठद्वारा सञ्चालित क्लासिक बफे प्वाइन्ट पार्टी प्यालेसको भण्डार कोठा र भान्सा कोठामा आगलागी हुन हँदा उक्त क्षति भएको हो ।
![](https://i0.wp.com/www.ujyaalonepalnews.com/wp-content/uploads/2022/04/aago_16.jpg?resize=696%2C409&ssl=1)
नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयले दमकलको सहयोगमा झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
https://www.ujyaalonepalnews.com/archives/18692
![](https://ujyaalonepalnews.com/wp-content/uploads/2024/03/सक्षम-र-सवल-प्रदेशसुनिश्चित-अधिकार-अनलाईनका-लागि900x100-1.gif)