पाल्पामा सुख्खा पहिरोमा परी हिजोदेखि बेपत्ता भएका पुरुष मृत भेटिए

0
44

पाल्पा- पाल्पामा सुख्खा पहिरोमा परी एक जना बेपत्ता भएका पुरुष मृत फेला परेका छ्न् । मंगलबार बेलुकादेखि तिनाउ गाउँपालिकाको वडा नं. १ कचलस्थित कचल फाँट सिंचाई आयोजनाको काममा खटिएका अन्दाजी ५५ वर्षीय डिल बहादुर हिस्की आज बिहान मृत भेटिएका हुन् ।

हिजोदेखि बेपत्ता हेस्कीको खोजी गर्न दोभान प्रहरी चौकी र स्थानीयको रातिसम्म खटिए पनि पत्ता नलाएपछि आज बिहान खोजी गर्दा शव फेला परेको तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार हिस्कीलाई कुलो खन्ने क्रममा झरेको सुख्खा पहिरोले पुरेको थियो ।-

https://www.ujyaalonepalnews.com/archives/19056

Previous article२४ घण्टामा १० जना कोरोना संक्रमित
Next articleतेह्र जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि