उज्यालो नेपाल- चितवनको रत्ननगर नगरपालिका वडा नं. १६ का वडाध्यक्षका उम्मेदवार हेमराज थापाले जनताको सेवक भएर काम गर्ने बताएका छन् । अघिल्लो स्थानिय निर्वाचनमा पनि वडाध्यक्ष पदमा निर्वाचित थापाले आसन्न निर्वाचनको लागी पनि उम्मेदवारी दर्ता गराएका छन् ।
अघिल्लो कार्यकालमा पनि आफुले विषम परिस्थितिको बाबजुत जनताको पक्षमा उल्लेखनिय काम गरेको बताउँदै थापाले आफुले सुरु गरेका अधुरा काम पुरा गर्नको लागी पनि वडाबासीले आफुलाई मतदान गरेर विजयी गराउने विस्वास व्यक्त गरे ।
विगत ५ वर्षमा रत्ननगर नगरपालिकामै कृषकको हितमा काम गर्ने कृषिमैत्री वडा बनाउन आफुले कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै थापाले किसानको हितको लागी आफु सधै प्रतिबद्ध रहेको बताए । विपन्न तथा भूमिहीनलाई बाख्रा वितरण देखि बाख्रापालक कृषकलाई बोका वितरण, बंगुरको पाठापाठी वितरण, गाई वितरण, घाँसको विउ वितरण, धानको विउ वितरण, काउम्याट स्प्रे ट्यांकी, ह्विल ब्यारो वितरण लगायत किसानमुखी काम गरेको उनको भनाई छ ।
वडाको बजेटले धाने सम्म सडक, पुलपुलेसा निर्माणमा आफु लागि परेको उल्लेख गर्दै थापाले वडास्तरिय बजेट बाट हुन नसक्ने कामको लागी आफुले नगरपालिका, प्रदेश सरकार लगायत निकायहरु संग पहल गरेर काम अगाडी बढाएको बताए । गरिबका छोराछोरी पढ्ने भद्रकाली माध्यमिक विद्यालयमा आईसिटि ल्याब, पुस्तकालय, विज्ञान प्रयोगशाला स्थापना गरेको बताउंदै थापाले प्रदेश सरकार संग पहल गरेर प्राप्त १५ लाख रुपैयाँ बाट विद्यालय परिसरमा मोजाईक टायल बिच्छ्याउने, बंगैचा बनाउने, रंगरोगन गर्ने काम सम्पन्न गरिएको उनले जानकारी दिए ।
कोरोना महामारी अनि अन्य कारणले आफुले सोचेजति काम गर्न नसकेको र सुरु गरिएका कामहरु पनि अधुरै रहेका कारण आफुले फेरी एकपटक जनता बाट अनुमोदित भएर काम गर्न चाहेको थापाले बताए ।
https://www.ujyaalonepalnews.com/archives/19472