एमालेले मात्रै देशमा स्थिरता दिन सक्छ: अध्यक्ष ओली

0
42

कैलाली- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्र देशमा स्थिरता र स्थायित्व दिन सक्ने बताउनुभएको छ ।

सो पार्टीद्वारा धनगढीमा आयोजित चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले नेपाललाई विकास र सुशासनको बाटोमा लैजान स्थिरता र स्थायित्वको आवश्यकता रहेकोमा जोड दिँदै एमालेले मात्रै स्थिरता दिन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘राष्ट्रियताको संरक्षण र देशमा विकास र समृद्धि ल्याउन सक्ने शक्ति एमाले मात्रै हो ।’’

सभामा एमालेका केन्द्रीय सचिव लेखराज भट्टले पनि समसामयिक विषयमा बोल्नुभएको थियो । एमालेका अध्यक्ष ओलीले कैलालीको बर्दगोरिया, कञ्चनुपरको बेलौरीलगायत क्षेत्रमा भएका चुनावीसभालाई पनि सम्बोधन गर्नुभएको छ ।-

https://www.ujyaalonepalnews.com/archives/19783

Previous articleसमाजवादी रत्ननगरमा पहिरो, वडाकमिटि नै एमालेमा समाहित
Next articleकर्णालीको पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व सङ्कलन