उद्योग क्षेत्रका मजदुरलाई तालिम दिन आवश्यक: मुख्यमन्त्री पाण्डे

Click Image

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उद्योग पाठशालाको स्थापना गर्न उद्योगीलाई आग्रह गर्नुभएको छ ।

file photo

शुक्रवार नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको पाँचौँ प्रदेशसभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले औद्योगिक क्षेत्रका मजदुरलाई तालिम दिएर मात्र उद्योग क्षेत्रको विकासमा गति पैदा हुने विश्वास व्यक्त गर्नुभयो । उद्योग पाठशालाको स्थापना गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “उद्योग पाठशाला खोल्नु अहिलेको आवश्यकता हो । मजदुरका लागि आवश्यक तालिम सञ्चालन गरेर हामीले दक्ष कामदार उत्पादन गर्न जरुरी छ ।”

निजी क्षेत्र र सरकार प्रतिस्पर्धी नभएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले देशको अर्थतन्त्र बलियो बनाउन सहकार्य जरुरी रहेको बताउनुभयो ।

उहाँले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न र कृषि क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकार आवश्यक सहयोग गर्न सदैव तयार रहेको बताउँदै चितवन उद्योग वाणिज्य सङ्घलाई उद्योग पाठशाला खोल्न रु १० लाख सहयोग गरिसकेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री पाण्डेले सङ्घीय सरकार मातहत रहेका प्रदेश भित्रका चार वटा औद्योगिक क्षेत्रलाई प्रदेश मातहत ल्याउन जरुरी रहेको बताउँदै हेटौँडाको मयुधाप, चितवनमा शक्तिखोर र सिन्धुलीको मरिनमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षका लागि बजेट बनाउने कार्य जारी रहेको र उक्त बजेटमा उद्योग क्षेत्रको समस्या समाधान गर्ने गरी बजेट ल्याउने उल्लेख गर्नुभयो ।

प्रदेशसभामा नेपाल उद्योग वाणिज्य महासङ्घ नेपालका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगको विकास गर्न सके मात्र देशको अर्थतन्त्रमा उल्लेख्य रुपमा सुधार आउने बताउनुभयो ।
रासस

https://ujyaalonepalnews.com/archives/21148

Previous articleराष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश
Next article१५ ठाउँमा सौर्य ऊर्जा जडान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।