बस दुर्घटनामा २५ जना घाइते

Click Image

सुनसरी- सुनसरीको कोसी गाउँपालिका-७ हरिपुर सडकखण्डमा बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ६५६४ नंको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो । विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पताल इनरुवा, सैनिक अस्पताल इटहरी र विराटनगरमा उपचार भइरहेको छ ।

घाइतेमध्ये देवकुमारी चौधरी र भूराज खत्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।-

https://ujyaalonepalnews.com/archives/21555

Previous article‘अनौपचारिक र स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाइन्छ’
Next articleसाउदी: दिउँसोको समयमा श्रमिकलाई बाहिर घाममा काम लगाउन नपाइने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।