भद्रपुर नगरपालिकाको बजेट ९१ करोड ३४ लाख

Click Image

भद्रपुर, झापा। प्रदेश नम्बर १ कै पहिलो बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह झापाको सदरमुकाम भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । 

बिहीबार आयोजित ११ औँ नगरसभामा उपप्रमुख राधा कार्कीले उक्त आकारको बजेट प्रस्तुत गर्नुभएको हो ।

आर्थिक विकासतर्फ ३ करोड ५१ लाख, सामाजिक विकासतर्फ ३२ करोड ६० लाख ७३ हजार, वातावरण तथा विपत् व्यवस्थापनतर्फ ८३ लाख ५० हजार, संस्थागत विकास/सेवा प्रवाह/सूचना प्रविधि विकास तथा कार्यालय सञ्चालनतर्फ १६ करोड ४५ लाख र पूर्वाधार विकासतर्फ ३७ करोड ९४ लाख गरी ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको बताइन् । 

बजेटका स्रोतहरूमा नगरपालिकाको आन्तरिक आय ५ करोड १५ लाख, योजनामा जनसहभागिताबाट २ करोड ७ लाख, राजश्व बाँडफाँडतर्फ सङ्घबाट १२ करोड ६८ लाख ६२ हजार,  प्रदेशबाट ८० लाख, स्थानीयबाट ४ करोड ६३ लाख ५३ हजार गरी राजश्व बाँडफाँडबाट जम्मा १८ करोड १२ लाख १५ हजार, सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समीकरण अनुदानबाट २१ करोड ३४ लाख ८५ हजार,  समपूरक अनुदानबाट २ करोड,  सशर्त अनुदानबाट २९ करोड १५ लाख २३ हजार,  विशेष अनुदानबाट २ करोड ५० लाख गरी वित्तीय हस्तान्तरणबाट प्राप्त हुने ४५ करोड ८ हजार रहेको छ । 

नगरपालिकाको आन्तरिक आय, योजनामा जनसहभागिता, राजश्व बाँडफाँड र वित्तीय हस्तान्तरणबाट अपुग हुने ११ करोड चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमहरू सञ्चालन नभई बाँकी रहेको रकम तथा सङ्घ तथा प्रदेशबाट राजश्व बाँडफाँडबाट प्राप्त भएको बढी रकमबाट बचत मौज्दातबाट व्यहोरिने अनुमान गरिएको उपप्रमुख कार्कीले जानकारी दिनुभयो ।

नगरसभामा नगरप्रमुख गणेश पोखरेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले साउन १ गतेदेखि भद्रपुर नगर क्षेत्रभित्रका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी झापा शाखासँगको सहकार्यमा नगरपालिकाको आर्थिक सहयोगमा नगर क्षेत्रका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने योजना ल्याइएको र त्यसका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन बताउनुभयो । 

https://ujyaalonepalnews.com/archives/21980

Previous articleखिवाङ सिँचाई आयोजना अलपत्र
Next articleपचास उद्योगलाई नेपाल गुणस्तर इजाजतपत्र प्रदान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।