ओलीको नेतृत्वमा एमाले निर्वाचन परिचालन कमिटी गठन

0
65

नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। बिहीबार बसेको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए। सरकारले आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ।

त्यसका लागि एमालेले केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो। यसमा केन्द्रीय सदस्य, केन्द्रीय निकायका पदाधिकारी सदस्य रहने भएका छन्।

यसैगरी, प्रदेश कमिटीका अध्यक्ष, जनसंगठनका अध्यक्ष र महासचिवलाई पनि एमालेले केन्द्रीय निर्वाचन परिचालन कमिटीमा सदस्य बनाएको छ।

https://www.ujyaalonepalnews.com/archives/23754

Previous articleभएका जहाज घाम तपाएर राख्दाराख्दै नेपाल वायु सेवा निगमको घाटा ४८ अर्ब पुग्यो
Next articleटोलटोलमा प्रचण्डको शालिक बनाएर बनाएर पूजा गर्ने पूजा गर्ने दिन आउँछ : वर्षमान पुन