काठमाडौँ — साउदी अरबमा मृत्यु’दण्डको सजाय पाएर १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहालको मृत्युद’ण्डको सजाय कार्यान्वयन गरिएको छ । मृत्यु’दण्डपछि उनको शव परिवारलाई नदिई साउदीमा जमिनमा गाडिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्यु’दण्डको सजाय कार्यान्वयन गरेको हो । साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले दूतावासलाई जानकारी नदिई मृत्यु’दण्डको सजाय कार्यान्वयनमा आएको बताए ।
‘दाहाललाई माफी दिइन्छ भनेर हामी ढुक्क थियौं । तर एक्कासि मृत्युद’ण्डको सजाय कार्यान्वयन गरिएको खबर आयो । जेल प्रशासनले ४८ घण्टापछि मात्रै सूचना दियो,’ सुवेदीले भने, ‘यो हाम्रो लागि निकै दुर्भाग्यपूर्ण हो ।’ विवेक दाहालले २ फेब्रुअरी २००७ मा आफन्त राजेन्द्र विष्टको ह’त्या गरेका थिए । अदालतले विष्टको ह’त्या गरेको ठहर गर्दै मृ’त्युदण्डको सजाय सुनाएको थियो । तल्लो अदालतको आदेशलाई, क्रि’मिनल कोर्ट र सर्वोच्च अदालतबाट पनि सदर गरेको थियो ।
२००६ मा साउदी अरब पुगेका दाहाल, विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा ऊँटको हेरचाह गर्ने काम गर्थे । दाहालले सुतिरहेको बेला विष्ट र सुडानी नागरिक ह’त्या प्रयास गरेका थिए । विष्टको तत्काल मृ’त्यु भएको थियो भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो ।
पीडित राजेन्द्र विष्टको परिवारलाई दाहालको परिवारले ब्लडमनीबापत रकम दिएको भन्दै सन् २०११ मा नेपाली दूतावासले जुवेलको अदालतमा आममाफी दिन निवेदन दिएको थियो । तर, उपचारपछि स्वदेश फिरेका सुडानी नागरिक माफी नदिई सर्म्पकविहीन भए । ‘विष्ट परिवारबाट माफी भए पनि सुडानी नागरिकबाट भएन । त्योसँगै उनीमाथि पशु करणीको पनि मुद्दा थियो । यो मुद्दाले गर्दा अदालतबाट माफी भएन,’ नेपाली दूतावासका एक अधिकारीले भने, ‘नेपालको तर्फबाट उच्च तहमा पटकपटक पहल गरेपनि सुनुवाइ हुन सकेन ।’
दाहाललाई माफी दिएर स्वदेश पठाउनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले साउदी राजालाई पत्र पठाएकी थिइन् । त्यसबाहेक साउदीका सबै तहमा पनि दूतावासले पहल गर्दै आइरहेको थियो । गत मार्चमा नेपाल भ्रमणमा आएका साउदीको परराष्ट्र मन्त्रीसमक्ष पनि दाहाललाई माफी दिन सरकारले औपचारिक आग्रह गरेको थियो ।
भएको के थियो ?
साउदी मरुभूमिको नारिया जंगल । मरुभूमिको जंगल हाम्रो जस्तो घना हुँदैन । बालुवाको ढिस्को माथि स–साना बुकुरो जस्ता रुखहरु । कस्तो जंगल भने रातो कपडामा हरियो फुल भरेजस्तो । त्यसैले, कसैले खाडीको जंगल कस्तो हुन्छ भनेर कसैले सोध्यो भने भनिदिए हुन्छ– रा…तो । त्यही रातो जंगलको बिचमा एउटा झुप्रो । त्रिपालले बारबुर पारेर पाल टाँगेको । झट्ट हेर्दा टेन्ट जस्तो । परपर सम्म आँखाले घर भेट्याउन सक्दैन । रातमा भने आकाशका तारासरी पा…री क्षितिजमा शहरका पिलपिल बत्ति मात्र देखिन्छन् ।
यस्तो अनकन्टार लोकमा उदयपुरका विवेक दाहाल थिए । उनीसँगै थिए राजेन्द्र विष्ट र एक सुडानी नागरिक । यी तीन मानवीय अनुहार बाहेक ९० वटा ऊठ थिए त्यहाँ । तिनै ऊठ स्याहारका लागि विवेक त्यहाँ थिए । ठिहिराउने चिसो । थरथराउँदै विहानै चार बजे उठ्यो । कहिल्यै नदेखेको ऊँठको गोवर सोहो¥यो । त्यसपछि तीन जनाको लागि खान तयार पार्न थाल्यो । विवेक भान्सामा लाग्दा राजेन्द्रले दुध दुन्थे । खानापछि विवेक ९० वटा ऊठको नेतृत्व गर्दै सुडानी नागरिकसँग नारिया जंगलतर्फ लाग्थे ।
विवेकलाई पुगेकै दिन लागेका थियो की म यहाँ बस्नै सक्दिनँ । त्यसैले राजेन्द्रसँग पटक–पटक विन्ति बिसाएका थिए–‘मलाई घर पठाइदिनुस्, कसैगरि पठाइदिनुस् ।’ राजेन्द्र भन्थे, ‘पख दुई वर्षपछि जाउला । अब मेरो पनि दुई वर्ष पुग्नै लाग्यो ।’ २१ वर्षिय ठिटो विवेक सुन्दर भविष्यको सपना पोको पारेर परदेश लागेको थिए । तर, परदेशको कैदी जस्तो जीवनले अत्यास छुटाएको थियो । न घर परिवारसँग कुरा गर्न पाउने, न अरु कोही मानिसको अनुहार देख्न पाउने । ऊठको काममा गधा जसरी जोतिनु परेको थियो । त्यसैले उनले भनिरहेका हुन्थे–‘एक पटक भए पनि घरमा कुरा गराइदिनु, नत्र कतारका मेरा दाइहरुसँग सम्पर्क गराइदिनुस् । प्लिज मलाई यहाँबाट मुक्ति दिलाइदिनुस् ।’
कपिल (मालिक) आए पछि भन, म सँग कार्ड (रिचार्ज कार्ड) छैन भन्दै राजेन्द्र डाँडातर्फ लाग्थे । मोवाइल राजेन्द्रसँग मात्र थियो । तर, नेटवर्कको लागि अर्को डाँडा पुगेर बालुवाको अग्लो ढिस्को माथि उभिनु पथ्र्यो । त्यसरी नै राजेन्द्रले घरमा फोन गर्थे ।
दिन प्रतिदिन विवेकले अत्यन्तै हेपिएको अनुभुति गरेका थिए । खाना पकाउ, भाँडा माझ, ऊठलाई दाना पानी देऊ, गोवर सोहोर..। नसुत्दा सम्म काम नै काम । त्यसमाथि राजेन्द्रको कुटाइ सम्म खान थालेका थिए । उनले यसरी नै दुई महिना ९ दिन कटाए । १० दिनको साँझ पनि राजेन्द्रले सदा जसो दुध दुहुन थाले । दुध दुने बेला ऊँठको खुट्टा समाउन पथ्र्यो । सुडानी नगरिकले अगाडि र विवेकले पछाडिको खुट्टा समाए । यसरी समाउँदा विवेकलाई कैयौँ पटक ऊठले लात्ती हिर्काएको थियो । ऊठले हिर्काएका निला दागले सही नसक्नुको पीडा दिन्थ्यो ।
तर, त्यस दिन खुट्टा फुत्किएर राजेन्द्रलाई लाग्यो । झगडा प¥यो । त्यो दिन पनि विवेक माथि राजेन्द्रले हात उठाए । विवेकले रिसलाई काबुमा राख्न सकेनन् । छेउमा भएको ऊँठको डोरी बाँध्ने रडले हिर्काए । राजेन्द्रको कन्चटमा लाग्यो । उनी ढले । नजिक नभएकाले उनीहरुले हस्पिटल पु¥याउन सम्भव थिएन । रातको करिब ११ बजेतिर प्रहरी आइपुग्यो । राजेन्द्र बेहोस थिए । प्रहरीले नै राजेन्द्रलाई हस्पिटल लग्यो र विवेकलाई हत्कडी लगाएर नारियाको हिरासतमा ।
साँघुरो हिरासत । कोचेप्रो परेको एउटा कोठामा राख्यो । केरकार ग¥यो । तर, विवेकले अरविक भाषा बुझ्दैनथे । प्रहरीले के सोध्यो ? विवेकलाई केही पत्तो भएन । प्रहरीले जे सोच्यो, जे चाह्यो त्यही लेख्यो । तीन दिनपछि विवेकलाई जुबिल सेण्टर जेलमा पु¥याइयो । त्यही दिन भनिएको थियो की ५/६ दिनमा नेपाल पठाउँछ । तर, पछि मात्र उनले आफ्नो बयानबारे थाहा पाए । बयानमा लेखिएको रहेछ–‘विवेकले राजेन्द्रलाई सुतेको अवस्थामा हत्या गरेका हुन् ।’ विवेकले भाषा नजान्दाको परिणाम थियो त्यो । जुन मुद्दाबाट विवेकलाई उन्मुक्ति पाउन गाह्रो थियो ।
तर, पनि उनलाई भनिएको थियो, ‘ब्लड मनी दिएर माफीनामा बनाएमा जेलबाट मुक्ति पाउन सकिन्छ । पाँच वर्षभन्दा लामो समय जेलमा बस्नु पर्दैन ।’ यति थाहा पाएपछि विवेकले नेपालको घरखेत बिक्री गर्न लगाए । परिवारले १०/१२ लाख रुपैयाँ जोहो ग¥यो । राजेन्द्रको परिवारले पनि माफी नामा दिन मञ्जुर भयो । ब्लड मनी पछिको माफि नामा पत्र साउदी स्थित नेपाली दुतावासमा पुग्यो । तर, विवेक नौ वर्षसम्म पनि रिहा हुन सकेनन् । छुट्ने दिनको पर्खाइमा कष्टकर जेल जीवन विताइरहेका उनले अदालतको फैसला सुनेपछि भने सासै रोकिएजस्तो भयो । त्यो किनभने साउदीको जेनरल अदालतले विवेकलाई फाँसीको सजायँ सुनायो ।
ड्राइभर बन्न उडेको, ऊँठ गोठमा पुगेपछि…
विवेकको बसाई काठमाडौंको बागबजारमा थियो । विहान स्नातक तहको पहिलो वर्ष पढ्न आर.आर. क्याम्पस धाउथे । दिउँसो ड्राइभिङ सेण्टरमा गाडी सिकाउँथे । उनको हातमा गाडिको सवारी चालक अनुमति पत्र परिसकेको थियो । घरको आय बलियो नभएकाले उनी विदेशको चक्करमा थिए । तर, गतिलो ड्राइभिङ भिसा भेटाए मात्र विदेशिने उनको योजना थियो । उनी भन्थे, ‘थुप्रै ठाउँमा जाने चान्स आउँदा पनि म गइन ।’
स्नातक दोस्रो वर्ष अध्ययनरत थिए, त्यही बेला कतारका लागि ड्राइभिङ भिसा नै पाए । दुई हजार पाँच सय रियल तलब । शुक्रवार र शनिवार छुट्टी । विवेकले खोजेको यस्तै थियो । भिसा राजेन्द्र विष्टले नै पठाएका थिए । विवेकले ७५ हजार रुपैयाँ मेनपावर कम्पनीलाई बुझाए र परिवारको आर्थिक स्तर उकास्न कतार प्रवेश गरे । १५ देखि २० दिन उनको बसाई कतारमै भयो । किनकी विवेकले चलाउने भनिएको गाडिको ड्राइभिङ सिटमा एक महिनाअघि नै भारतीय नागरिक बसिसकेछन् ।
२० दिनपछि भने एकाएक परिस्थितिले अर्कै मोड लियो । नेपालबाट पहिरिएर लगेका सबै कपडा झिक्न भनियो र थोत्रो कपडा दिइयो । त्यसपछि गाडिमा राखेर साउदीको जंगलमा पु¥याइयो । ‘कम उमेरको भएकाले पनि मलाई ऊठ सफा गर्ने कामको लागि कपिलले जंगलमा पठायो’, विबेक भन्थे, ‘म आएको कपिलको साउदी जंगलमा ऊठ पनि रहेछ ।’
साउदीको जंगलमा ओर्लेको दिनदेखि नै विवेकको दुखको दिन शुरु भयो । अनकन्टार जंगलमा विवेकका सपनाहरु तासको महल जसरी गर्लामगुर्लुम ढले । शुरुमा त विवेकले राजेन्द्रको राम्रै माया पाएका थिए । विस्तारै राजेन्द्र पनि मरुभूमि जस्तै रुखो भए । विवेकले शुरुवाति दिनको स्मरण गर्थे, ‘मलाई यहाँ मार्नैको लागि लिएको हो की जस्तो लागेको थियो ।’
उनी जहिल्यै एउटै कुरा भन्थे, ‘म बस्न सक्दिन जसरी पनि घर पठाइदिनु ।’ विवेकले एउटै जवाफ पाउँथे, ‘छ/छ महिनामा दाना सक्किएपछि कपिल आउँछ । उसैसँग कुरा गर्नु ।’ विवेकका हर आग्रहलाई राजेन्द्रले लत्याइदिए । भन्थे, ‘ऊ मेरो आफ्नै मान्छे हो । तर, यहाँ पराइजस्तो गरिदियो ।’
जेलभित्र आत्मह’त्याको प्रयास
विवेकले एक महिनामै जीवनका अकल्पनीय वास्तविकताको सामना गर्नुप¥यो । जुवेलमा विवेक एक्ला नेपाली थिए । सबै मानिसहरु अरविक बोल्थे, विवेकले बुझ्दै बुझ्दैनथे । उनले दुःख साट्नका लागि पनि त्यहाँ कोही थिएन । विवेक भन्थे, ‘ त्यँहा यीनीहरुले हामी नेपालीलाई मानिस नै होइन की जस्तो व्यवहार गर्छन् । यहाँको दुःख नभनौ सर धेरै दुःख लाग्छ ।’
एउटा बेडमा चार जना सुत्नुपर्ने । खाना सुगुरलाई दिने टाउ जस्तो । उनी भन्छन्, ‘सोच्दा सोच्दै दिमागले काम गर्दैनथ्यो ।’ छ महिनामा उनलाई अदालत पु¥यायो । के के सोध्यो ? उनले केके बोले पत्तै पाएनन् । तर, अदालतबाट ‘ब्लड मनी’ तयार पारे छुट्ने आश्वासन पाए । विवेकलाई भेट्न साउदीका लागि नेपाली तत्कालीन राजदुत उदय पाण्डे पनि पुगे । उनले पनि जति सक्दो चाडो ब्लड मनी तयार पार्न सुझाए । तर, अत्यास लाग्दो जेलको बसाइँबाट हारिसकेका थिए विवेक । एक वर्षमै कालेरेड र डिटोल खाएर आत्महत्याको प्रयास पनि गरे । तर, सकेनन् । उनको मनले भन्यो, ‘एक वर्ष त बसियो अब केही समयपछि त पक्कै निकाल्ला !’
तीन वर्षमै ब्लड मनी तयार भयो । राजदुत परिवर्तन भएर खड्क दाहाल आए । पटक पटक अदालत पु¥यायो । कति पटक वकिलसँग पनि भेट नभई फर्किए विवेक । पाँच वर्ष वित्यो, अहँ उनलाई जेलबाट निकाल्ने सुरसार नै छैन । विवेकलाई जेलले सिकाएको भनेको अरविक बुझन हो । जेलमा एसी, सिगरेटको धुँवा र मानिसका दुःख बाहेक केही थिएन । अरविक सुन्दा सुन्दा उनले नेपाली पनि बिर्सिसकेका थिए । कहिलेकाँही अरुको चोरीको मोवाइले घर फोन गर्थे । आमा बाबासँगको फोन संवाद रुवाइबाटै शुरु हुन्थ्यो र रुवाइबाटै अन्त्य । विना फोन छोरा आउने आशामा तड्पिएर बा–आमा कति रन्थनिए विवेकले अड्कल लगाउन सक्दैनन् ।
उनले साथीहरुबाट मोवाइल मागेरै भए पनि हप्तामा दुई देखि तीन पटकसम्म दुतावासमा फोन गर्थे । दुतावासबाट रेडिमेड जवाफ आउँथ्यो, ‘काम हुँदैछ ।’ तर, उनको काम कहिल्यै भएन । उनी भन्छन्, ‘यहाँ कतिपय साथीहरु सेटिङमा मोवाइल लिन्छन् । यसरी ल्याउँदा एउटै मोवाइलको आठ दश लाख रुपैयाँ पर्छ । मैले कहाँबाट ल्याउने ?’ बरु उनले जेलभित्रै भाडा माझ्ने र कपडा धुने गरि पैसा जोहो गरेर साथीहरुको मोवाइलबाट सम्पर्क गर्ने प्रयास गर्थे ।
ऊँठ बला’त्कारको आरोप र दुतावासको लापरवाही
पाँच वर्षपछि उनलाई न्यायधीशले सोध्यो, ‘सुतेको बेला हत्या गरेको हो ?’ विवेक झस्किए । सुडानी नागरिकले फेरि अर्को गम्भीर बयान दिएछ, ‘विवेकले ऊँठको पनि बला’त्कार गरेको हो ।’ विवेकले आँखा पुछ्दै हामीसँग भने, ‘मलाई ऊँठको नजिक पर्न पनि डर लाग्थ्यो । कसरी बल’त्कार गरेँ सर ?’ ६ फेब्रुअरि ०१७ मा विवेकलाई जेनरल कोर्टले फाँसीको सजायँ सुनाइ छाड्यो । न्यायधीशले भन्यो, ‘अब तेरो माफी नामाले काम गर्दैन ।’ यति वर्ष बसेर पनि मर्ने भैयो भने पछि ललाकलुलुक भएँ, कति दिनसम्म मुखबाट बोली नै आएन । संसार सून्यजस्तो लाग्यो ।’
उनले पछि थाहा पाएकी ब्लड मनी तिरेर नेपालबाट ल्याएको माफी नामा पत्र दुताबासले फाइलमै समावेश गरेको रहेनछ । ‘जानेर नजानेर सबैबाट एक खेप गल्ती हुन्छ । मेरो सत प्रतिशत गल्ती भए मारे हुन्थ्यो । यसरी किन तड्पाएर राखेको होला ?’ आँखा रसिलो पार्दै अनुत्तरित प्रश्न गर्थे विवेक । विवेककै पिरले बाबाको ५५ वर्षको उमेरमै हृदयघातबाट मृत्यू भयो । घरको जायजेठा पनि सकिसक्यो । सारा नेपालले दिपावली मनाउन सुरु गर्ने लाग्दा कार्तिक ६ मा विवेकलाई साउदी सरकारले फाँसी दियो ।
https://www.ujyaalonepalnews.com/archives/24853