चुनावी आम सभालाई सम्बोधन गर्न ओली भाेलि चितवन आउने

0
62

चितवन । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोलि चितवन आउँदै छन् । एमाले चितवनले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्न ओली चितवन आउने भएका हुन् ।

गेस्ट हाउस चौरमा हुने चुनावी आम सभालाई एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

चुनावी सभामा जिल्लाभरबाट २५ हजार भन्दा बढी जनता सहभागी हुने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए । भरतपुरका तीन ठाउँमा जम्मा भएर कार्यक्रम स्थलको लागि ¥याली निस्कने उनले बताए । उनका अनुसार केन्द्रिय बसपार्क चोक, मालपोत चोक र चौविसकोठीबाट ¥याली निस्कने छ ।

एमाले अध्यक्ष ओली भोलि बिहान साढे ११ बजे कार्यक्रम स्थलमा आइपुग्ने उनले जानकारी दिए । भोलि नै अन्य जिल्लामा समेत कार्यक्रम तय भएकाले दिउँसो १ बजेसम्म ओलीले आफ्नो सम्बोधन सकिसक्ने छन् । आम सभालाई व्यवस्थित बनाउन नेकपा एमाले चितवन, निर्वाचन परिचालन कमिटी बनाइएको छ ।

https://www.ujyaalonepalnews.com/archives/24931

Previous articleपाकिस्तानलाई हराउँदै इङ्ग्ल्यान्डले जित्याे T-20 विश्व कपकाे उपाधि
Next articleनिर्वाचन अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टीको सुखद सुरुवात