फागुन १८ गतेदेखि कान्ति लोकपथमा आवागमन बन्द

0
66

हेटौंडा । फागुन १८ गते बिहीबारदेखि हेटौंडा काठमाडौं जोड्ने कान्ति लोकपथमा गाडी सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको बैठकले कान्ति लोकपथमा फागुन १८ गतेदेखि चैत १० गतेसम्म दुवैतर्फबाट सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

कान्ति लोकपथ रुट हुँदै हेटौंडा–काठमाडौं चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

हेटौंडाबाट काठमाडौं जान हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्ने र काठमाडौंबाट हेटौंडा आउन थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी रूट हुँदै एकतर्फी सवारी सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

यसअघि फागुन १ गतेदेखि हेटौडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं र हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं जोड्ने सडक मर्मतका लागि २ महिना बन्द गरिएको थियो ।

हेटौंडाबाट काठमाडौं जोड्ने छोटो दुरीको यी दुई सडक बन्द भएपछि कान्ति लोकपथलाई वैकल्पिक मार्गको रुपमा काठमाडौंबाट हेटौंडा फर्कन प्रयोग गर्न दिने निर्णय भएको थियो ।

https://www.ujyaalonepalnews.com/archives/26636

Previous articleनारायणी पुलबाट हाम फालेका २० वर्षिय मनिषको सकुशल उद्धार
Next articleतीनजना साथी संग सौराहा घुम्न आएका सन्देशको शव राप्ती नदिमा भेटियो