लागुऔषधसहित एकै दिन आठ जना पक्राउ

0
77

लहान / सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय लहानबाट खटिएको टोलीले स११ प ८०१, स८प ७९८१, स७ प ७८५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषधसहित गएराति लहान नगरपालिका– ८ का २२ वर्षीय राकेशकुमार महतो, २० वर्षीय कान्छा महतो, २२ वर्षीय सुमित गुप्ता, लहान– २ का २५ वर्षीय लक्ष्मेश्वर महतो र २६ वर्षीय धनिकलाल महतोलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको साथबाट लागुऔषध ब्राउन सुगर एक ग्राम ९० मिलिग्राम र गाँजा १० ग्राम ६७० मिलिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । यस्तै सिरहाको भगवानपुर गाउँपालिका– ५ इनर्वाबाट प्रहरीचौकी ठाडीको टोलीले लागुऔषधसहित लहान– ५ का २० वर्षीय मोहम्मद समीरलाई पक्राउ गरेको छ । पक्राउ परेका समीरको साथबाट लागुऔषध फेनारगन सात एम्पुल, डाजिल्याब सात एम्पुल, नामलेबल नभएको सात एम्पुल बरामद् गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीचौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले सिरहा–१६ खिरौनाबाट प्रतिबन्धित लागुऔषधसहित सिरहा–२ का १९ वर्षीय रामभरोसी मुखिया र कल्याणपुर नगरपालिका– २ का १८ वर्षीय अजितकुमार मुखियालाई पक्राउ गरेको छ । भारततिरबाट आउँदै गरेका दुवै जनालाई शङ्का लागेर जाँच गर्दा लागुऔषध नाइट्रोभेट २५ ट्याबलेट, नर्फिन एक एम्पुल, फेनारगन एक एम्पुल, डाइजेपाम एक एम्पुल र एमिल एक बरामद गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

यसैबीच कुटपिट मुद्दामा जिल्ला अदालतबाट दुई महिना नौ दिन कैद र रु पाँच हजार जरीवानाको सजाय पाएर फरार औरही गाउँपालिका– २ का ५० वर्षीय गङ्गा यादवलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको छ । जिल्ला अदालतले कुटपिट मुद्दामा २०७१ असोज २ गते कैद र जरिवानाको सजाय सुनाए लगत्तै फरार यादवलाई घर वतनमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

The post लागुऔषधसहित एकै दिन आठ जना पक्राउ appeared first on Purbeli News.

कुवेतमा रक्सी पारेर बेच्ने तिन नेपाली पक्राउ ९० बोतल मदिरा बरामद

Previous articleमनमोहन स्मृति कपको उपाधिका लागि पुलिस र आर्मी भिड्ने
Next articleएमसीसी विवादमा अमेरिकी दूतावासले निकाल्यो यी १० तथ्य !