लन्डन – एउटा गोप्य सरकारी प्रतिवेदनले चेतावनी दिएको छ कि हरेक वर्ष ३ हजार भन्दा बढी बेलायती बच्चाहरू पाकिस्तान जान्छन र उनीहरू ग्रीष्मकालीन कट्टरपन्थी मदरसाहरूमा भर्ना हुन्छन् ।
चिलिंग होम अफिसको अध्ययनअनुसार मदरसाहरूका पाठ्यक्रमहरूले ‘जिहादको गौरवशाली संस्करण’ सिकाउँदछन् । त्यसकारण अधिकारी चिन्तित हुनथालेका छन की बच्चाहरु कट्टरपन्थी विचारधाराका साथ बेलायत फर्किनेछन् जसबाट आतंकवादको जोखिम बढ्नेछ । पाकिस्तानमा थोरै समयको लागि मात्र अध्ययन गरे पनि यसले पाकिस्तानी मूलका बेलायती बच्चाहरूमा अतिवादको जोखिम बढाउने प्रबल सम्भावना रहेको अधिकारीहरु बताउछन् ।
विद्यार्थीहरूलाई पाकिस्तानको जमीअतुल उलूम उल इस्लामिया मदरसामा राखिन्छ । प्रतिवेदनले यस मदरसालाई चिन्ताको विषय बताउछ । यस्ता खाले मदरसाहरूमा भर्ना हुँदा उनीहरुमा गम्भीर प्रकारको धार्मिक चरमपन्थको विकास हुने समस्या निम्त्याउँछ ।
७/७ का बम हमलाबरहरु मध्ये दुई जना मोहम्मद सिद्दिक खान र शहजाद तनवीरले २००५ मा घातक हमला गर्नु भन्दा एक बर्ष अगाडी पाकिस्तानको मदरसामा भर्ना लिएका थिए । उक्त बम हमलाबाट ५२ जनाको मृत्यु भएको थियो ।
बेलायती सुरक्षा निकायहरुका अनुसार केही पाकिस्तानी अभिभावकले विस्तारित परिवारलाई भेट्न जाने बहानामा गर्मीका बिदामा आफ्ना बच्चाहरूलाई आफ्नै जन्मभूमि पाकिस्तानमा फिर्ता लैजान्छन् जहाँ उनीहरुलाई मदरसाहरूमा भर्ना गरिन्छ । पाकिस्तानमा अनुमानित २० हजारभन्दा बढी मदरसाहरु छन् ।
प्रतिवेदनले यो पनि भनेको छ कि ती मध्ये कतिपय मदरसाहरू बेलायतमा संकलन गरिएको रकम प्राप्त गर्दछन् र बेलायतमा रहिरहेका इमामहरूले आफ्नो मातृभूमिमा मदरसाहरु स्थापना गर्ने गरेका छन् । प्रतिवेदनले बिशेष गरी तीन मदरसाहरुको बारेमा गभ्भिर चिन्ता जनाएको छ । ती हुन – अफगानिस्तानको सिमानामा पर्ने सुदूर खैबर पख्तूनख्वा क्षेत्रको दारुल उलूम हक्कानिया (डीयूएच) मदरसा, कराचीको जामिया बिनोरिया र पाकिस्तान नियन्त्रित काश्मिरस्थित जमीअतुल उलूम उल इस्लामिया ।
हुन त यी सबै मदरसाहरुले उग्रवादमा संलग्न रहेको अस्वीकार गर्छन तर डीयुएच मदरसा पहिले देखि नै ‘जिहाद विश्वविद्यालय’ को रूपमा परिचित छ किनभने त्यहाँका पूर्व विद्यार्थीहरूमध्ये अल कायदाका नेता असीम उमर पनि थिए र यसले पूर्व तालिबानी नेता मुल्ला उमरलाई पनि मानार्थ विद्यावारिधी प्रदान गरेको थियो ।
बेलायतमा डर छ कि कतै बेलायतीहरुले नै अनजानमै ती मदरसाहरुलाई चन्दा त दिरहेका छैनन् । खैबर पख्तुनख्वा सरकारले २०१६मा सो मदरसालाई विवादास्पद रुपमा दश बर्षे योजनाअन्र्तगत २.२ मिलियन डलर अनुदान दिएको थियो भने सन् २०२० सम्ममा शिक्षालाई बढावा दिने नाममा बेलायतबाट चन्दाको माध्यमबाट २८ सय ३० लाख पाउण्डको सहायता प्राप्त गरिसक्नेछ । कट्टरपन्थीसँग कुनै पनि प्रकारको संलग्नतालाई अस्वीकार गर्दै आएका उक्त मदरसाका प्रमुख मौलाना हामिद उल हक तालिबानको बारेमा सोधिने प्रश्नमा तालिबान ‘विद्यार्थी चिनाउने शब्द’ भएकोले हाम्रा सबै विद्यार्थी तालिवानी रहेको जबाव दिन्छन् । यदि केहि विद्यार्थीहरू हिंस्रक वा चरमपन्थी भएर हामिले केही गर्न नसक्ने उनी बताउछन् ।
जामिया बिनोरिया मदरसालाई ‘जिहाद समर्थक र पश्चिमको विरोधी रुख’ अपनाएको आरोप लगाइन्छ जहाँ पाकिस्तानबाहिरका विदेशी विद्यार्थीलाई भर्ना गरिन्छ । यद्यपि त्यहाँका मदरसा प्रशासनले भने बेलायती विद्यार्थीहरूहरुको भर्ना नलिएको र मदरसाको अतिवादमा कुनै संलग्नता नरहेको दाबी गर्छन् ।
मीरपुरमा रहेको जमियातुल उलूम उल इस्लामिया मदरसाका बेलायती संस्थापकले पनि आतंकवादसँगको कुनै सम्बन्धलाई अस्वीकार गर्छन । वेस्ट डेसबरी, योर्कशायरका हाजी बोस्टनले भने कि यस मदरसामा कुनै पनि बेलायती विद्यार्थी भर्ना भएका थिएनन् र यहाँ कुनै किसिमको कट्टरपन्थी शिक्षा पनि दिइदैन ।
अन्तर्राष्ट्रिय विकास विभागका प्रवक्ताले खैबर पख्तूनख्वा सरकारले दिएका सबै रकम अरु जुनसूकै उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ तर मदरसाहरूका दिनुहुन्न ।
अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका स्थानीय तह विद्यालयमा बिदा लम्ब्याइँदै