रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा आयोजना गरिएको १९औं चितवन हात्ती तथा पर्यटन महोत्सवले स्वदेश तथा विदेशी पर्यटकको आर्कषण बढाएको छ ।
क्षेत्रीय होटल संघ चितवन सौराहाले आयोजना गरेको सो महोत्सवको दोस्रो दिन शनिबारमात्र पाँच हजारले अबलोकन गरेका छन् । महोत्सवको प्रभावका कारण सौराहाका होटलहरु भरिएका छन् । महोत्सव अन्तर्गत गरिएको हात्ती सुन्दरी प्रतियोगिताको उपाधि पुनमकलीले जितेकी छन् ।
प्रतिस्पर्धी सेल्फीकली,चम्पाकली,पुजाकली र समृद्धिकलीलाई पछिपार्दै ४० बर्षकी पुनमकलीले हात्ती सुन्दरीको तान पहिरिएकी हुन् । होटल श्रीनगर पाल्पाको प्रतिनिधित्व गर्दै होटल पार्क साइडको पुनमकलीले उपाधि जिताएकी हुन् । हात्तीको श्रृगार र सजावट, गोडाको नङ, आँखाको चमक, कान र सुढको सरसफाईको अबस्था, माउतेले हत्तीयार प्रयोग गरे नगरेको, हात्तीको साझोपना तथा चालको आधार, फूर्तिलोपना र आदेश पालना र हात्तीको शारिरीक बनावटलाई आधार बनाएर सुन्दरी छान्ने गरिएको निर्णायक समितिका संयोजक नगेन्द्र चापागाईँले बताए ।
महोत्सव अन्तर्गत सौराहाका हात्तीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । हात्तीको स्वास्थ्य परीक्षण गरी जुकाको औषधि खुवाउनुको साथै नङको सतह समेत मिलाइएको पशुचिकित्सक डा.अमिर सडौलाले जानकारी दिए । महोत्सव अन्तर्गतनै शनिबारनै राप्ती नदीमा डुंगा रेस प्रतियोगिता गरिएको छ ।
सौराहाको डुंगाघाट देखि गाईघाट सम्म ५ किलोमिटरको दुरीमा गरिएको उक्त प्रतियोगितामा कुमरोज मध्यवर्ती सामुदायिक वन प्रथम, रत्ननगर नगरपालिका द्धितीय र बाघमारा मध्यवर्ती सामुदायिक वन तृतीय भएका छन् । प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको थियो । यसैबीच तीन बर्ष अघिदेखि रोकिएको हात्तीपोलो सुरु गरिएको छ । सौराहा आएका स्वदेशी तथा विदेशी पर्यटकहरुको मागलाई ध्यानमा राखी हात्तीपोलो सुरु गरिएको महोत्सवका संयोजक गुणराज थपलियाले जानकारी दिए ।
Category: रोचक
-
चितवन हात्ती महाेत्सव : पुनमकलीलाई सुन्दरीकाे ताज, डुंगामा कुमराेज पहिलाे
-
भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा
म्याग्दी । भिर मह निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भिर पुगेका
देख्दा आङ नै सिरिङ्ग हुने कहालीलाग्दो पहरामा भिर मह निकालिरहेको दृश्यको छायाङ्कनसँगै नेपालीको सौर्य प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले बताए ।
टोलीले हत्केलामा जउन राखेर डोरीमा झुन्डिएर मौरीको चाका नजिक पुगेर मह निकाल्ने मह सिकारीको अनुभवसँगै स्थानीयवासी र गाउँपालिकाको टोलीसँग छलफल गरेका वडाध्यक्ष विकले बताए । लुलाङका स्थानीयवासी थमबहादुर सिर्पालीको समन्वयमा आएका विदेशीले धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरसँग भिर महको संरक्षण र निकाल्ने क्रममा हुने दुर्घटनाको जोखिम न्यूनीकरणका बारेमा चासो देखाएका थिए ।

भिर मह निकाल्न भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी झुन्ड्याउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने गर्छन् । ठूलो भिरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भिरमा दिनभरि खर्चिनुपर्छ ।
झण्डै पाँच सयदेखि एक हजार पाँच सय मिटर उचाइका पहरामा पुगेर गाउँका मोतिप्रसादसहितको टोलीले मह निकाल्ने गरेका छन् । गाउँपालिका उपाध्यक्ष पुनले धवलागिरिलाई ‘हनी हन्टिङ’का लागि प्रख्यात ठाउँका रूपमा चिनाउन विदेशी टोलीको आगमनले सहज भएको बताए ।
ग्रामीण पर्यटन प्रवर्द्धनमा मह सिकारले टेवा पुग्ने उनले बाताए । “पर्यटन प्रवर्द्धनमा यो टोलीबाट सहयोगको आश्वासन प्राप्त भएको छ, हामीले पनि अबका दिनमा मह सिकारलाई विशेष बनाउनेछौँ”, उपाध्यक्ष पुनले भने ।
-
बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई बुझाएका छन्।
पोखरा महानगरपालिका वडा नम्बर ३ बस्ने छोटुलाल शर्माले बाटोमा फेला पारेको रकम माता श्री ज्वेलर्सका सञ्चालक ध्रुवकुमार सुनारलाई बुझाएका हुन्।
बिहीबार दिउँसो साढे १ बजेटिर पोखरा–८, पृथ्वीचोकमा रहेको ज्वेलर्सबाट त्यहाँका कालिगढ मनोहर पवँर रकम जम्मा गर्न नयाँबजारको कृषि विकास बैंक जाने क्रममा बाटोमा सो रकम राखिएको झोला खसेको थियो।
मोटरसाइकलको लेगार्डमा राखिएको रकमसहितको झोला खसेको र पाउने शर्माले प्रहरीलाई जानकारी गराएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।
रकम हराएको जानकारी आएपछि कास्की प्रहरी प्रहरी नायब उपरीक्षक शर्माको नेतृत्वमा खोजतलासमा खटिएको थियो।
-
गुल्मीमा ६२ वर्षका वृद्ध नातिसँगै एसईईमा सहभागी
१५ चैत गुल्मी । गुल्मीमा ६२ वर्षका एक वृद्धले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छन् ।
जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोट दहका टीकाबहादुर कुँवरले बिहीबार म्यालेपोखरी माध्यमिक विद्यालयबाट पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिए ।
उमेर छँदा विभिन्न कारणले पढ्न नपाएकाले पढ्ने रहर पूरा गर्नका लागि एसईई दिएको कुँवरले अनलाइनखबरलाई बताए । उनी पृथ्वी माध्यमिक विद्यालयका नियमित विद्यार्थी हुन् ।
टीकाबहादुरका नाति अंकितले पनि यस वर्षको एसईई केन्द्राध्यक्ष प्रेमबहादुर बोहराले जानकारी दिए । म्यालेपोखरी माध्यमिक विद्यालयको केन्द्रबाट १७४ जना एसईई परिक्षामा सहभागी भएका छन् ।
गुल्मीबाट यसवर्ष ४ हजार ९७ जना एसईई दिएका छन् । अघिल्लो वर्ष ४ हजार ७२२ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।
जुन यस वर्ष भन्दा ६२५ जना बढी हो । जिल्लाबाट नियमित साधारणतर्फ ३ हजार ७९० जना नियमित प्राविधिक तर्फ २ सय ९५ जना विद्यार्थी सहभागी हुने भएका छन् । ग्रेड वृद्धितर्फ १२ जना विद्यार्थी सहभागी भएका छन् ।
जिल्लाबाट यसवर्ष दृष्टिविहीन १ जना फरक क्षमता भएका १ जना विद्यार्थी पनि सहभागी भएका छन् ।
-
युवा क्लब दर्ता प्रक्रिया: के के कागजात चाहिएला ?
निराजन घिमिरे- नेपालमा सामाजिक संघसंस्था खोलेर सामाजिक काम गर्ने एउटा लहर जस्तै छ । अझ युवाहरुमा त यो जोश अनि जाँगर धेरै नै हुने भयो । खेलकुद लगायत अन्य गतिविधिमा सामेल हुन युवा क्लब खोलेर जामाजिक कामामा जोडिने परिपाटी छ । हुन त यसरी खोलिएका हजारौ सामाजिक संघसंस्थाहरु अनिकराना नभएर अलपत्र अवस्थामा छन् । समय संगै जोस जाँगरमा कमि आउनु र पुस्ता हस्तानान्तरण नहुनु यसको मुख्य कारण हो । खैर, जे होस् क्लब दर्ता कसरी गर्ने ? के के कागजात चाहिन्छ ? कति खर्च लाग्छ ? भन्ने कुरामा धेरै अन्योलता देखिन्छ । आज यो लेख मार्फत यो अन्योलता चिर्ने कोसिस गरेको छु ।
म आफु पनि चितवनको रत्ननगर नगरपालिका वार्ड नं, १६ मा रहेको भद्रकाली युवा क्लबको अध्यक्ष हुँ । संस्था भर्खरै मात्र गठन गरिएको हो र दर्ता पनि आर्थिक वर्ष २०७७/७८ मा गरिएको हो । त्यसैले आफ्न अनुभव यँहा शेयर गर्दै छु ।
सबैभन्दा पहिला युवा क्लब गठन गर्नको लागी कम्तीमा ५० जनाको भेला बोलाउनुहोस । भेलामा स्थानीय जननिर्वाचित जनप्रतिनिधि उपस्थित हुनु जरुरी छ । जस्तै: वडाध्यक्ष, वडा सदस्य, मेयर, उप-मेयर आदि । जनप्रतिनिधिको अध्यक्षतामा बसेको भेलाले फलानो नामको संस्था गठन गर्ने भनेर निर्णय गर्नुहोस् । सोहि भेलामा एउटा तदर्थ समिति गठन गर्ने / नव गठित संस्थालाई जिल्ला प्रशासन कार्यालमा दर्ता गर्ने निर्णय गर्ने / तदर्थ समितिको २ जनालाई संस्था दर्ताको आवश्यक कामकाज गर्नको लागी अख्तियारी दिएको निर्णय गरेर माईनुट उठाउने ।
त्यसपछि जिल्ला प्रशासन कार्यालयको संस्था दर्ता तथा नबिकरण शाखामा गएर विधानको नमुना र व्यक्तिगत विवरण फारम मागेर ल्याउने । नमुना अनुसार विधान तयार गरेर नमुना ल्याएकै ठाउँमा गएर विधान देखाउने । जिल्ला प्रशासन कार्यालयको संस्था दर्ता तथा नबिकरण शाखाका कर्मचारीले विधान फाइनल गरेपछि त्यसको ३ प्रति बनाउने र प्रत्यक पेजमा तदर्थ समितिका सदस्यहरुले हस्ताक्षर गर्ने । पहिला ३ प्रति बनाएर मात्र हस्ताक्षर गर्नुहोला, एउटामा हस्ताक्षर गरेर फोटोकपि गरेर लागेको मान्य हुने छैन ।
अब वडा कार्यालमा गएर संस्था दर्ताको लागी सिफारिस लिनुस । अघि ल्याएको व्यक्तिगत विवरण भर्नुहोस् । याद गर्नुस तदर्थ समितिका सम्पूर्ण सदस्यहरुको छुट्टा छुट्टै फारम चाहिन्छ । अब एउटा फाईल बनाउनुस, जसमा प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरिएको निवेदन, वडाको सिफारिस, भेलाले निर्णय गरेको माईनुटको प्रतिलिपि, तिन प्रति बिधान, अनि अध्यक्ष देखि सदस्यहरु सम्मको क्रमैसंग व्यक्तिगत विवरण भरिएको फारम र नागरिकताको प्रतिलिपि राख्दै जानुहोस, याद गर्नुहोस, यदि कुनै व्यक्तिको नागरीकता बाह्य जिल्लाबाट बनेको छ भने नागरिकता संगै बसाईसराईको प्रमाणपत्रको पतिलिपि पनि राख्नुहोस् ।
अब विधि पुर्याएर जिल्ला प्रशासन कार्यालयमा फाईल पेश गर्नुहोस ।