उद्धार गरिएकी बालिकाको मृत्यु

पाँचथरको- पाँचथरको फालेलुङ गाउँपालिका–३ मा पहिरामा परेर जीवित उद्धार गरिएकी नौ वर्षीया बालिकाको मृत्यु भएको छ ।

स्थानीयवासीले फालेलुङ–३ खोलाघारीस्थित मनप्रसाद राईको घरमा पुरिएकी जुना सावदेनको आइतबार बिहान जीवितै उद्धार गरेका थिए । जुना मनप्रसादकी नातिनी हुन् ।

उनी मावली घरमा बसेर स्थानीय विद्यालयमा अध्ययन गर्दै आएकी थिइन ।

बिहान जीवित उद्धार गरिएकी जुना सावदेनको पाँचथर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

मध्यरातमा घर माथिबाट खसेको पहिराले मनप्रसादको घर बगाएको थियो । मनप्रसाद र उनकी श्रीमती भागेर ज्यान बचाउन सफल भए पनि सुतिरहेकी जुना पहिरोमा फँसेकी थिइन् ।।

https://ujyaalonepalnews.com/archives/28380

Previous articleबाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न आग्रह काँग्रेसको आग्रह
Next articleजनप्रतिनिधिले गरे विपन्न विद्यार्थीलाई सहयोग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।