Home Uncategorized नेम्वाङको पार्थिव शरीर दिउँसोपछि निवासमा राखिने

नेम्वाङको पार्थिव शरीर दिउँसोपछि निवासमा राखिने

काठमाडौँ- नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज दिउँसोसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राखिने भएको छ ।

उहाँको पार्थिव शरीरमा आज बिहान नौ बजेदेखि दिउँसो एक बजेसम्म श्रद्धाञ्जलि व्यक्त गर्नका लागि च्यासलमै व्यवस्था मिलाइएको छ ।

एमाले प्रचार विभाग सचिव गगन विष्टका अनुसार नेम्वाङको पार्थिव शरीर दिउँसोपछि बालुवाटारस्थित निवासमा राखिने भएको छ । त्यहाँ नेम्वाङप्रति उहाँका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

विदेशबाट छोराहरू आइसकेपछि उहाँको अन्त्येष्टि बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ । एमालेले उहाँको सम्मानमा तीन दिनसम्म पार्टीका आधा झण्डा झुकाउने निर्णय गरेको छ ।

https://ujyaalonepalnews.com/archives/31289

Previous articleसुवास नेम्वाङको पार्थिव शरीर दिउँसोदेखि निवासमा राखिने
Next articleजन्मथलो सुन्तलाबारीवासीको सम्झनामा नेम्वाङ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।