रौतहटबाट आधुनिक हतियार बरामद

काठमाडौँ- सशस्त्र प्रहरी बलले रौतहटबाट चार थान अत्याधुनिक हतियार बरामद गरेको छ । इन्टेलिजेन्स ब्यूरोले रौतहट यमुनामाइ नगरपालिका–३ स्थित एक घरबाट आज ९ एमएम पेस्तोल तीन नाल, त्यसमा प्रयोग हुने १३ थान गोली, छ थान म्याग्जिन र एक थान एयर गन बरामद गरेको हो ।

हतियार लुकाएर राखिएको भन्ने बिशेष सूचनाका आधारमा ब्यूरोले सो घरमा खानतलासी गरेको थियो । बरामद हतियारमध्ये २ नाल पेस्तोल ‘मेड इन यूएसए’ र एक थान ‘मेड इन इन्डिया’ लेखिएको प्रहरीको भनाइ छ ।

हतियारसहित मोबाइलको सीमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी नागरिकता समेत बरामद भएको छ । सो क्षेत्रमा थप अपरेशन जारी रहेको प्रहरीको भनाइ छ ।

हतियार बरामदपछि स्थानीयले ढुङ्गामुढा गर्दा प्रस्तावित सीमा सुरक्षा गुल्म गौर र सुरक्षा बेस देबाहिको गाडिको सीसा फुटेको छ ।

https://ujyaalonepalnews.com/archives/33240

Previous articleसामाजिक सदभावको पर्व बन्दैं छठ
Next articleभारतलाई स्तब्ध पार्दै अष्ट्रेलिया छैटौंपटक विश्वकप क्रिकेटको उपाधि जित्न सफल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।