बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

बागलुङबाट पोखरा आउँदै गरेको बस साँझ पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ । ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए । बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ ।

घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको शर्माले जानकारी दिए । “घाइतेलाई उद्धार गरी पोखराका विभिन्न अस्पतालमा लगिएको । चालकलाई प्रहरीको नियन्त्रणमा लिएका छौँ, थप विवरण आउन बाँकी छ”, शर्माले भने ।

तनहुँबाट रिजर्भका लागि बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किने क्रममा साँझ दुर्घटनामा परेको थियो ।

Previous articleचितवनमा सामुदायिक वनका उपभोक्तालाई पानीमैत्री कृषि प्रविधि प्रयोग सम्बन्धी अभिमुखीकरण
Next articleइलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।