दुर्घटनाबाट बचाएको भन्दै शान्ति श्रीले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद

काठमाडौँ । लोकगायिका शान्ति श्री परियारले ठूलो दुर्घटनाबाट जोगाएको भन्दै क्याप्टेन लबिस चन्दलाई धन्यवाद दिएकी छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत गायिका परियालले यति एयरलान्सका क्याप्टेन चन्दलाई धन्यवाद दिएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘धन्यवाद क्याप्टेन लबिस चन्द ! प्लेनमा रहेका हामी सबैले ७५ प्रतिशत जिन्दगी छोडेका थियौँ, हजुरले आफ्नो प्रायस जारी राख्नु भो र गन्तब्यभन्दा फरक ठाउँमा अवतरण भयो तर सबैलाई नयाँ जिवन त दिनु भयो नि ।’

सोमबार काठमाडौँबाट भैरहवाका लागि उडेको यति एयरको जहाज प्रतिकूल मौसमका कारण जनकपुरमा आकस्मिक अवतरण गरेको थियो ।

Previous articleयी प्रदेशमा आज भारी वर्षा, कोशी र बागमतीमा बिहानैदेखि पर्दैछ पानी
Next articleचितवनको खैरहनीमा माछापोखरीमा डुवेर बालकको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।