चट्याङ लागेर चितवनमा एक महिलाको मृत्यु

चितवन, भदौ १६– चितवनको दक्षिणी भेग माडीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

आईतवार विहान ९ बजेको समयमा माडी नगरपालिका–१ शिकारीपुर चट्याङ लागेर वर्ष ५० की सरस्वती महतोको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । आफ्नै गोठमा भैसीलाई कुडो हाल्न जाँदा एक्कासी चट्याङ लागेर महतो घाइते भएकी थिइन् ।

लगत्तै उपचारका लागि माडीस्थित बघौडा अस्पताल लैजादा उपचारको क्रममा १०ः५० बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमक लागि भरतपुर अस्पतालको शवगृहमा ल्याईएको छ।

Previous articleअर्पणमा रक्तदान : ३८ युनिट रगत संकलन
Next articleएमाले रत्ननगर १५ को वडा अधिवेशन, कृष्ण पन्तको अध्यक्षतामा ३१ सदस्यीय कमिटि गठन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।