भोलि सार्वजनिक बिदा

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्रको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा निर्णय गरेको छ। गृह मन्त्रालयले भोलि सार्वजनिक बिदाको सूचना निकालेको हो।

मुस्लिम आयोगबाट पत्र आएपछि सरकारले भोलिको दिन बिदा दिने निर्णय गरेको हो। चन्द्रमा देखिएको दिनलाई आधार बनाएर मुस्लिम आयोगले सार्वजनिक बिदाको लागि सिफारिस गरेको हो।

सरकारले यसअघि नै बिदाको क्यालेन्डरमा इद उल फित्रलाई सार्वजनिक बिदामा राखिसकेको छ।

Previous articleमाधवपुरका सुत्केरीलाई वडा कार्यालयको कोशेली : कुखुराको भाले र घ्यू
Next articleखोलामा पौडी खेल्न गएका ३ बालकको डुबेर मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।