राजदूत भण्डारी र सहायक विदेशमन्त्री अल–धाफिरी बीच भेटवार्ता
काठमाडौं : कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले त्यहाँका सहायक विदेशमन्त्री माज्दी अहमद इब्राहिम अल–धाफिरीसँग द्विपक्षीय हितसहित नेपाली कामदारको सुरक्षा र सम्भावनाबारे छलफल गरेका छन् । मंगलवार भएको भेटमा नेपाल–कुवेतबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका साथै अन्य विषयमा समेत छलफल भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । कुवेतमा घरेलु कामदारको चर्को माग रहेको छ । हरेक भेटमा कुवेती पक्षले घरेलु कामदारको आफ्नो चासो राख्दै आएको राजदूत भण्डारीले बताए ।
उनले नेपाली कामदारले कुवेतको श्रम बजारमा प्राप्त गरेको रोजगारीको अवसर, रोजगारीको सुरक्षा लगायतका विषयमा छलफल भएको बताए । नेपालमा कोरोना भाइरस संक्रमणको दोश्रो लहर बढेपछि कुवेतले तीन हप्तायता नेपालीलाई प्रवेशमा रोक लगाएको छ । भेटघाटमा कुवेत सरकार, परराष्ट्र मन्त्रालय तथा नेपाली राजदूतावासका अन्य अधिकारीको पनि सहभागिता रहेको दूतावासले जनाएको छ । मध्यान्ह
वैदेशिक रोजगारमा जानेहरुको श्रम स्वीकृतिका लागि आइतवार र बुधवार सेवा दिइने
कोभिड-१९ को संक्रमण फैलिएसँगै वैदेशिक रोजगार कार्यालय, ताहचलले भौतिक रुपमा उपस्थित भई प्रदान गर्ने श्रम स्वीकृति अव देखि हरेक आइतवार र बुधवार प्रदान गर्ने भएको छ । यसअगाडी कार्यालयले यस्तो सेवा केहि समयका लागि स्थगन गरेको थियो । कार्यालयले सुचना प्रकाशित गर्दै यस अगाडी बायोमेट्रिक नभएका व्यक्तिहरुका लागि मात्र यस्तो सेवा सुरु गरिएको स्पष्ट पारेको छ ।
कार्यालयका अनुसार यस अगाडी नै बायोमेट्रिक भएका र कार्यालयमा उपस्थित नभई अनलाइनबाट श्रम स्वीकृति लिन मिल्ने व्यक्तिहरुलाई भनें अनलाइनबाट नै श्रम स्वीकृति प्रदान गरिने भन्दै त्यस्ता व्यक्तिहरुलाई कार्यालयमा नआउन पनि अनुरोध गरेको छ ।
https://ujyaalonepalnews.com/archives/14585


