प्रधानमन्त्री देउवाद्वारा दाहालको निधनप्रति दुःख व्यक्त

File Photo

काठमाडौँ ।प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ओखलढुङ्गाका पूर्व सभापति तथा पूर्व सांसद चन्द्रकान्त दाहालकी धर्मपत्नी कुन्तादेवी दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । कुन्तादेवी दाहालको ८१ वर्षको उमेरमा यही माघ २६ गते राति निधन भएको हो ।

सभापति देउवाले आज शोक सन्देशमार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गर्नुभएको छ । स्व दाहालले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट काँग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/17492

Previous articleत्रिविको परीक्षा र कक्षा फागुन १ गतेदेखि सञ्चालन गर्न निर्देशन
Next articleएमाले जनसङ्गठनका केन्द्रको अधिकतम सङ्ख्या २९९
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।